‘राष्ट्रिय औद्योगिक व्यापार मेला’ को तयारी तिब्र

समाचार बिज
  • ख-
  • ख+

पोखरा । पोखरा उद्योग वाणिज्य संघको आयोजनामा हुन लागेको ‘राष्ट्रिय औद्योगिक व्यापार मेला २०८०’ को तयारी तिब्र बनाइएको छ ।

यही मंसिर २१ गतेबाट पोखराको नयाँबजारस्थित प्रदर्शनीकेन्द्रमा हुने मेलाको तयारी तिब्र बनाइएको संघका महासचिव तथा प्रचारप्रसार संयोजक बलराम आचार्यले आर्थिक आवाजलाई जानकारी दिए ।

तयारी अन्तर्गत स्टल बुकिङ धमाधम भइरहेको र प्रायोजन खोज्ने काम भइरहेको उनले बताए ।

मेलामा नेपालसहित बंगालदेश, श्रीलंका, पाकिस्तान, भारत लगायत देशका प्रडक्टहरु पनि बिक्री तथा प्रदर्शनीमा राखिने संघका अध्यक्ष पवन प्रजापतीले जानकारी दिए । देशभर सातै प्रदेशका उत्पादनका स्टल पनि मेलामा राखिने संघले जनाएको छ ।

‘बिगतका वर्षमा जस्तै मेड इन नेपाललाई प्राथमिकता दिइनेछ,’ महासचिव आचार्यले भने । अटो पेभेलियन, बाल उद्यान, औद्योगिक क्षेत्रको छुट्टै स्टल, सूचना तथा प्रविधिका स्टलहरु पनि रहने संघले जनाएको छ ।

महोत्सव आयोजना स्थलमा स्टल निर्माण कार्य सुरु भइसकेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्