क्यानाडामा ” सहयात्रा साझ” आयोजना हूदै ,यश कुमारको विशेष प्रस्तुति।

समाचार बिज
  • ख-
  • ख+

क्यानाडमा अवस्थित सहयात्रा फाउन्डेशनले नेपाली चलचित्र र सांगीतिक क्षेत्रका करीब तिन दशक लामो सांगीतिक क्षेत्रका स्थापित गायक यश कुमारको विशेष प्रस्तुतिमा ” सहयात्रा साझ ” कार्यक्रम गर्ने भएको छ।

” क्यानाडा आज विकसित राष्ट्रको रूपमा उभिएको छ । पछिल्लो समय क्यानाडा नेपालीहरूको लागि मनपर्ने गन्तव्य बनेको छ त्यसैले यश कुमारको गीतको सांगीतिक साझबाट मनोरन्जननात्मक मात्र नभइ ज्ञानमुलक ,चेतनामुलककुराहरूको मिश्रणको सांगीतिक साझ हूने भएकाले यस सांगीतिक कार्यक्रम विशेष रहेको ” जानकारी सहयात्रा फाउन्डेशनका अध्यक्ष संतोष विश्वकर्माले दिए।

सन् २००० मा निकै चर्चित गीत ‘मैले छोयेको पानी चल्दैन ’ बाट चर्चा पाएका यश कुमार । उनले २०२३ नेपालका राष्ट्रपतिबाट प्रदान गरीने प्रतिष्ठित राष्ट्रिय पुरस्कार ‘जनसेवा पदक’ पनि प्राप्त गरेका छन ।

सामाजिक ,मानवाधिकार , सामजिक न्यायको सवालमा आवाज उठाउने सहयात्रा फाउन्डेशनले नेपाली सांस्कृतिलाइ पनि प्रबदन गर्ने नेपालीहरुको महान चाड तिहारको उपलक्ष्यमा पहिलो पटक” सहयात्रा साझ ” सांगीतिक कार्यक्रम गर्न लागेको उल्लेख आयोजकले गरेको छ।

१८ नोभेम्बर औटक हल मिस्ससीसाउगामा कार्यक्रम आयोजन हुने जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्