नेपाल क्रिकेट संघका व्यवस्थापक विनोद दास र एनसीसीका सचिव विनय यादव बिच भेटघाट।

समाचार बिज
  • ख-
  • ख+

नेप्लिज क्यानडियन क्रिकेट क्लब(एनसीसी)का सचिव विनय यादव नेपाल आएका छन्।

उनले आज  नेपाली राष्ट्रिय क्रिकट  टिमका पूर्वकप्तान एवं नेपाल क्रिकेट संघका व्यवस्थापक विनोद दास र नेप्लिज क्यानेडीयन क्रिकेट क्लबका सचिव विनय यादव बीच आज काठमाडौंमा भेटवार्ता भएको थियो ।

भेटवार्ताका क्रममा उनले  मुलपानी  अन्तराष्ट्रिय क्रिकेट मैदानको पनि  भ्रमण गरेका छन ।दोस्रो अन्तराष्ट्रिय क्रिकेट रंगशालामा भ्रमण  गर्दा खूसी र हर्षित भएको यादवले भने।

भेटवार्ताको क्रममा उनले नेपाली क्रिकेटको बारेमा समसामायीक विषयमा कुराकानी भएको  र नेपाली क्रिकेटको स्थानीय र राष्ट्रिय स्तरमा क्रिकेटको प्रवद्र्धन र विकासका लागि नेप्लीज क्यानडियन क्रिकेट क्लब सधै नेपाल क्रिकेट संघसंग साथ रहेको प्रतिबद्धता गरेको” जानकारी यादवले दिए।

नेपलिज क्यानडियन क्रिकेट क्लबले एक वर्ष अगाडि नेपाल र क्यानाडाको राष्ट्रिय टोली समाल्लित दुई एकदिवसीय प्रतियोगिता  क्यानाडामा नेपाली टिमलाई  निमन्त्रणा गर्दै एतिहासिक कार्यक्रम सम्मपन्न  गरेको थियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्