नेपाली जनसम्पर्क समिति क्यानडाले नेपालमा भूकम्पबाट भएको क्षति प्रति दुख व्यक्त, दुखको क्षणमा सहयोग गर्नुहुन सम्पूर्णमा अपिल।

समाचार बिज
  • ख-
  • ख+

क्यानडा– नेपाली जनसम्पर्क समिति क्यानडाले नेपालमा भूकम्पबाट भएको क्षति प्रति दुख ब्यक्त गरेको छ।

कार्तिक १७ गतेअनुसार नोभेम्बर ३ २०२३ गतेको रात गएको ६.४ रेक्टर स्केलको भूकम्पका कारण जाजरकोट रुकुम पश्चिममा भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दछ। कम्पमा परेर निधन हुनुभएका सम्पूर्ण व्यक्तिप्रति हार्दिक  श्रदाणजली व्यक्त  गर्दै घाइते भएकाहरुको उद्धार र राहतका लागी सरकारले गरिरहेक प्रयासको सहना गर्दछौ। नेपाल र नेपाली लाई परेको दुःखको अवस्थामा संसारभरीका नेपाली जनसम्पर्क समितीहरु सधै एकसाथ रहने गर्दछौ। नेपालि कांग्रेस पार्टी र नेपाली सरकारसंगको प्रत्यक्ष समन्वयमा हामीले सहयोग गर्ने कार्य सुरुवात गरीसकेका छौ। साथै यस दुखद क्षणमा नेपाली जनसम्पर्क समिती क्यानडाले पनी आवश्यक कदम अगाडि बढाइसकेको छ। यस दुखद क्षणमा साथ र सहयोग गर्नुहुन पनि हार्दिक अपिल गर्दछौ “विज्ञप्तिमा जनाएको छ।

नेपाल जनसम्पर्क समिति क्यानडाद्वारा जारी गरेको विज्ञप्ति

नेपाली कांग्रेसको निति र सिद्धान्तलाई सजीवता दिलाउनका लागि निर्माण भएको जनसम्पर्क समिति क्यानडामाझ सन २०१३ मा स्थापना भएर विभिन्न क्यानडियन नेपालीबासीहरू माझ समाजिक कार्यहरू गर्दै आएको छ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्