भूकम्प प्रभावित क्षेत्रमा उद्धार कार्य तीव्र बनाउने कर्णाली सरकारको निर्णय

समाचार बिज
  • ख-
  • ख+

सुर्खेत । कर्णाली प्रदेश सरकारले भूकम्प प्रभावित क्षेत्रमा उद्धार कार्य तीव्र बनाउने र राहत सामग्री पठाउने निर्णय गरेको छ ।

शनिबार  बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले उद्धार तथा राहतका लागि सबै निकायसँग सहकार्य गर्ने तथा सहयोगका लागि अपिल गर्ने निर्माण भएको कर्णाली प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसीले जानकारी दिए ।

उनका अनुसार उद्धारका लागि सबै संयन्त्र परिचालन गर्ने निर्णय र आवश्यकता अनुसार बजेट खर्च गरेर शोधभर्ना गर्नेगरि बजेट खर्चसम्बन्धी व्यवस्था समेत गरिएको बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्