एन आर एन ए क्यानडा र नेपालको परराष्ट्र मन्त्री विच भेटवार्ता

समाचार बिज
  • ख-
  • ख+

एन आर एन क्यानडाका प्रतिनिधि र नेपालका परराष्ट्र मन्त्री नारायण प्रसाद साउद विच भेटवार्ता भएको छ।

परराष्ट्र मन्त्रालयमा भएको भेटमा क्यानडा र भारत विचको वर्तमान अवस्था, नेपालमा क्यानडियन दुतावास खोल्नको लागि गर्न सकिने पहल, नेपाली सामानहरूको क्यानडामा गर्न सकिने निर्यात र पर्यटन प्रवर्द्धन लगायत विषयमा छलफल भएको छ।

साथै नेपाली राजदूतावास अटावामा रिक्त रहेको राजदूत नियुक्तिमा भएको ढिलाईको विषयमा छिटो भन्दा छिटो नियुक्तिको लागि पराष्ट्र मन्त्रालयलाइ पहल गर्न छलफल भएको जानकारी एनआरएनए क्यानडाले विज्ञप्तिमा जनाएको छ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्