लेखनाथ जेसिजले सप्ताहन्त गर्ने

समाचार बिज
  • ख-
  • ख+

लेखनाथ जेसिजले हरेक वर्ष गर्दै आएकाे सप्ताहव्यापी कार्यक्रम गर्ने भएकाे छ । शनिवार देखि शुरु हुने सप्ताहन्त अन्तर्गत पहिलाे दिन मैत्रीपूर्ण फुटशल कार्यक्रम, दाेस्राे दिन लामेआहाल स्थित राधाकृष्ण वुद्धा आश्रममा खाद्यान्न वितरण र तेस्राे दिन नेतृत्व विकास तालिम तथा समापन कार्यक्रम रहेकाे मुल संयाेजक माैसम वरालले जानकारी दिए । तिनवटा कार्यक्रम हुने सप्ताहन्तले सामुदायिक स्तरमा जेसिजलाई चिनाउन सहयाेग पुग्ने लेखनाथ जेसिजका अध्यक्ष चन्द्र प्रकाश ढुगानाले जानकारी दिए । वार्षिकरुपमा हुने कार्यक्रमवाट शैक्षिक विकास तथा स्थानीय सँग साझेदारी गर्दै अगाडि वढ्ने महासचिव प्रकाश राईभाटले वताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्