एनसीसी र एनजीएसीले समपन्न गर्यो २०२३ फेस्टिभल नाइट इभेन्टको पत्रकार सम्मेलन ।

विज्ञान कार्की
  • ख-
  • ख+

नेपाली कम्युनिटी नेटवर्क अफ क्यानडा (एनसीसी) र क्यानडाको नेपाली जनजाति संघ (एनजीएसी) ले संयुक्त रूपमा बुखारा ग्रिल रेस्टुरेन्टमा आगामी २०२३ फेस्टिभल नाइट इभेन्टको बारेमा जानकारी दिन पत्रकार सम्मेलनको आयोजना गरेको छ।

जसमा दशैं, तिहार, छठ, र नेपाल संवत कार्यक्रममा एनसीएनसी र एनजेएसीका कार्यकारी अधिकृतहरुका अतिरिक्त एनआरएनए क्यानडाका सदस्यहरु र विभिन्न सञ्चारमाध्यमका प्रतिनिधिहरुलाई निमन्त्रणा गरिएको थियो ।

कार्यक्रममा आयोजकले फेस्टिभल नाइटमा प्रस्तुति दिन आउनुहुने नेपाली कलाकार टीका प्रसाई र कुलेन्द्र विश्वकर्मालाई पनि न्यानो स्वागत गरिएको थियो ।

संक्षिप्त सम्बोधनमा एनआरएनए क्यानडाका कार्यवाहक अध्यक्ष किरोज श्रेष्ठले कार्यक्रमको महत्व औँल्याउदै कलाकारहरुलाई हार्दिक स्वागत व्यक्त गर्दै महोत्सवको रात्रि मनाउन समुदायका सदस्यहरुलाई आग्रह गर्दै कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरे । कार्यक्रममा एनआरएनए क्यानडा बोर्डका सदस्य दुर्गानाथ खरेल, शान्ता थापा र सबिना खड्काको पनि उपस्थिति रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्