एनएमबी बैंकले पायो दुई कराेड अमेरिकी डलर ऋण

समाचार बिज
  • ख-
  • ख+

एनएमबी बैंकले दुई कराेड (२० मिलियन) अमेरिकी डलर ऋण प्राप्त गरेको छ।

बैंकले हरित वित्त प्रवर्द्धन र साना तथा मझौला उद्यमलाई टेवा पुर्‍याउने उद्देश्यले अन्तर्राष्ट्रिय साझेदार डच इन्टरप्रेन्युरल डेभलपमेन्ट बैंक  (एफयमओ) बाट २० मिलियन अमेरिकी डलर बराबरको ऋण प्राप्त गरेको छ।

बैंक र एफयमओबीचको यस साझेदारीमा एफयमओबाट बैंकलाई १५ मिलियन अमेरिकी डलर ग्रीन इनिसिएटिभमा केन्द्रित रही वित्तीय कारोबार गर्नका लागि प्राप्त गरिएको र बाँकी रकम साना तथा मझौला उद्यम विकाश र प्रवर्द्धनको लागि प्राप्त भएको जनाइएको छ।

बैंकले हाल २०१ शखाहरूमार्फत बैंकिङ सेवा प्रदान गदै आइरहेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्