च्यावन बचत तथा ऋण सहकारी संस्थाको १३औँ वार्षिक साधारणसभा सम्पन्न

समाचार बिज
  • ख-
  • ख+

च्यावन बचत तथा ऋण सहकारी संस्थाको १३औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

पाेखरा महानगरपालिका वडा नं ३१, सुन्दरीडाँडामा सम्पन्न सभाको उद्घघाटन गर्दै प्रमुख अतिथि पाेखरा महानगरपालिका वडा नं ३१ का अध्यक्ष ढकनाथ कडेँलले सहकारीहरू सरकारको नीति–नियमअनुसार चल्न आवश्यक रहेको तथा सहकारीले कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिनुपर्ने त्यसकाे लागि सहकार्य गर्न वडा सधै तयार  रहेकाे बताउनुभयो। पछिल्लो समयमा सहकारी संघसंस्थाहरूले मुलुकमा आर्थिक समृद्धिका लागि ठुलो टेवा पुर्‍याएको उहाँको भनाइ थियो ।

सहकारीका अध्यक्ष एवम् सभाका सभापति खस बहादुर गुरुङले सहकारी अभियानले छरिएर रहेका पुँजी, श्रम र सीपलाई एकीकृत गर्दै शेयर सदस्यहरुकाे आर्थिक उन्नतीमा महत्वपूर्ण योगदान पुर्‍याएको बताउनुभयो ।

संस्थाका सचिव पदम राईले सहकारी संस्थाको प्रतिवेदन पेश गर्दै छरिएर रहेको पुँजीलाई एकत्रित गर्दै सदस्यहरूलाई उत्पादनशील र व्यवसायिक बनाउन संस्थाले सहयोग गर्दै आएको जिकिर गर्नुभयो ।

त्यस्तै, सहकारी संस्थाको आर्थिक प्रतिवेदन पेश गर्दै कोषाध्यक्ष टिकामाया गुरुङले सहकारी अझै पनि आर्थिक रूपले अगाडि बढ्न सक्ने र सदस्यहरूको आर्थिक समृद्धिका लागि सहयोग गर्न सक्ने प्रशस्त स्थान रहेको बताउनुभयो । सभामा कोषाध्यक्ष गुरुङले आ.व. ०७९/८० को आर्थिक प्रतिवेदन समेत प्रस्तुत गर्नुभएको थियो ।

सहकारीका सदस्य तथा ऋण उप समिती संयाेजक  विरेन्द ढकालले स्वागत मन्तव्य दिनुभएकाे कार्यक्रमको सञ्चालन सचिव पदम राईले गर्नुभएकाे थियो भने सभामा  रूपाताल पुनस्स्थापना तथा मत्स्यपालन सहकारी सस्थाका अध्यक्ष शिवराज अधिकारी,  अरुण ज्याेती आधारभुत विध्यालयका प्रध्यानाध्यापक राजेन्द्र पाैडेल, समाजसेवी लेखनाथ ढकाल, वडा सदस्य देवेन्द्र अधिकारी, वातावरण संरक्षण तथा टाेल विकास सस्थाका अध्यक्ष टक बहादुर भुजेल लगायतले सभाको सफलताको लागि शुभकामना मन्तव्य दिनुभएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्