ए.एन.ए. र एनआरएनए अमेरिकाले सम्पन्न गर्यो गैर आवासिय नेपाली नागरिकता बारे अन्तरक्रिया कार्यक्रम।

विज्ञान कार्की
  • ख-
  • ख+

अमेरिका, वासिंटन,डि.सी
हालै मात्र संयुक्त राज्य अमेरिकामा एनआरएनए अमेरिका र ए.एन.ए.  द्वारा “गैर आवासिय नेपाली नागरिकता” संबन्धि अन्तरक्रिया तथा छलफल कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ।
गैर आवासिय नेपाली संघ (एनआरएनए) अमेरिका तथा एसोसिएसन अफ नेपालीज ईन द अमेरिकाज (ए.एन.ए.) ले संयुक्त रुपमा अहिलेको तातो बिषय र सन्दर्भ गैर आवासिय नेपाली नागरिकरताको सन्दर्भमा सार्वजनिक अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ।
जुम अर्थात् भर्चुअल माध्यम बाट सम्पन्न उक्त कार्यक्रममा संयुक्त राज्य अमेरिका, क्यानडा,जापान, दक्षिण कोरिया, नेपाल लगायत विश्वका धेरै राष्ट्रहरु बाट सयौंको संख्यामा स्वदेशी एवं प्रवासी नेपालीहरुका साथै नेपाली डायसपोराका बिभिन्न लब्ध प्रतिष्ठित व्यक्तित्वहरुले सहभागिता जनाउनु भएको थियो।
भर्चुअल प्रविधि बाट संचालित ऊक्त कार्यक्रममा प्रमुख अतिथिका रुपमा नेपाल बाट संघिय संसद प्रतिनिधि सभा सदस्य तथा पूर्व मन्त्रि बर्षमान पुन र अतिथिमा नेपाल बाटै कानून विद् एवं बरिष्ठ अधिबक्ता दिनेश त्रिपाठी साथै संयुक्त राज्य अमेरिका न्युयोर्क बाट एटोर्नी एट ल केशव राज सेंढाईले सहभागिता गर्नुभएको थियो।
यसरी नै एनआरएनएका अध्यक्ष बिनोद कुंवर, ए.एन.ए. की  उपाध्यक्ष  क्रान्ति अर्याल भन्डारी ए.एन.ए. की सल्लाहकार डा. उषा शर्मा वक्ताका रुपमा सहभागी हुनु-हुन्थ्यो।यसै गरि एनआरएनए संयुक्त राज्य अमेरिकाका अध्यक्ष सुर्य लम्साल र उत्तर अमेरिकी नेपालीहरुको राष्ट्रिय संस्था ए.एन.ए. का अध्यक्ष खगेन्द्र अधिकारीले उक्त कार्यक्रमलाई संचालन गर्नुभएको थियो। सो कार्यक्रमका सम्पूर्ण अतिथिहरुलाई एनआरएनए अमेरिकाकी सचिव डाजिमा शेर्पाले समग्रतामा सबै सहभागी अतिथिहरुको परिचय दिदैं कार्यक्रमको प्रारंभ गर्नुभएको थियो।
हालै नेपालका सम्माननीय राष्ट्रपति राम चन्द्र पौडेल बाट प्रमाणित भई नेपाल राजपत्रमा प्रकाशित गैर आवासीय नेपाली नागरिकताको नियमावली अन्तर्गत प्रदान गरिने नागरिकताको निवेदन दिने प्रक्रिया, प्राप्त गर्ने तरिका, प्रयोग विधि, उपयोगिता, कमजोरी, तथा गैर आवासिय नेपालीका समसामयिक जिज्ञासाहरुको बारेमा विद्वान् कानून विद् दिनेश त्रिपाठीले बिस्तृत रुपमा बताउदै सहभागीहरु बाट उठेका सबै प्रश्न र सवालको बारेमा जवाफ दिनुभएको थियो। न्युयोर्कमा लामो समयदेखि ल फर्म संचालन गरिरहनु भएका एटोर्नी एट ल केशव राज सेंडाईले अमेरिकी नागरिकता बाहक नेपालीले गैर आवासिय नागरिकता लिन अमेरिकी कानूनले  केही बर्जित नगर्नेकुरा प्रष्ट गराउनुभएको थियो। एनआरएनएका अध्यक्ष बिनोद कुंवरले गैर आवासिय नेपाली नागरिकता प्राप्ति पछि मातृभूमि नेपालमा लगानीको वृद्धि हुने तर यसका लागि नेपाल सरकार तथा यसका सम्बंधित निकायले ईमान्दारिताका साथ सूलभ र सहजता संग काम कार्यवाही गर्ने वातावरण तयार गर्नुपर्ने आवश्यकता रहेको बताउनु भएको थियो। ए.एन.ए.की  उपाध्यक्ष क्रान्ति अर्याल भन्डारी तथा सल्लाहकार डा. उषा शर्माले एनआरएन नागरिकतालाई प्रभावकारी बनाउन  सरकारी काममा ब्यापक सुधार गरि बिश्वासिलो र वातानुकूलित परिस्थिति सृजना गर्न आवश्यक हुने बारे बताउनु भएको थियो।
संघिय संसद नेपालका तर्फ बाट प्रतिनिधिसभा सदस्य तथा पूर्व मन्त्रि बर्षमान पुनले नेपाल सरकारले एनआरएनका मुद्दालाई संबोधन गर्दै हाल जारी गैर आवासिय नागरिकताको माध्यमबाट नेपालमा लगानी बढाउनको  लागि निस्चित रुपमा बिश्वासिलो वातावरण तैयार गर्ने बारे बिस्तृत रुपमा जानकारी गराउनु भएको थियो।
ए.एन.ए. अध्यक्ष खगेन्द्र अधिकारीले प्रमुख अतिथि, अतिथीहरु साथै सबै आदरणीय सहभागीहरुलाई समग्रतामा यस्ता समाजसेवी र उपलब्धिमुलक कार्यक्रमहरु भविष्यमा थप आवश्यक रहेको जानकारी गराउदै यस महत्वपूर्ण भूमिका निर्वाह गरेको उदाहरणनिय कार्यक्रमलाई भव्य एवं सभ्य रुपमा सफलतापूर्वक सम्पन्न गर्न सकारात्मक सोच बाट सहयोग गर्ने सम्पूर्ण सहयोगी र विभिन्न रुपमा सहभागिता जनाउनु हुने सबैमा अभिवादन प्रकटीकरण गर्नुभएको थियो।
साथै उक्त कार्यक्रमलाई समन्वय र सम्पन्न गर्नको लागि एनआरएनए अमेरिका र ए.एन.ए. का पदाधिकारीहरुको बृहत् सहयोग रहेको कुरा जनाउदै एनआरएनए अमेरिकाका अध्यक्ष सुर्य लम्सालले सबै सहभागीलाई बिशेष धन्यवाद ब्यक्त गर्दै कार्यक्रमको विधिवत समापन गर्नु भएको थियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्