एनआरएनए ११ औ महाधिवेशनका अध्यक्षका उम्मेदवार थापाद्वारा पोखराको स्मार्ट सौचालयको अवलोकन।

विज्ञान कार्की
  • ख-
  • ख+

गैर आवासीय नेपाली संघ एनआरएनए आईसीसीले पोखरामा बनाईरहेको स्मार्ट शौचालयको अवलोकन गैरआवासीय नेपाली संघको एघारौँ महाधिवेशन तथा निर्वाचनको अध्यक्षका उम्मेदवार रविना थापा लगायतले गरेका छन।

“म कार्यकारी अध्यक्षहुँदा शुरु गरिएक‍ो यो नमूना शौचालय प्रत्येक प्रदेशमा एक एक वटा वनाउने योजना अनुरुप काम अघि बढाईएको थियो यसलाई निरन्तरता दिनुपर्छ। महिला, पुरुष शौचालय , वाथरुम, बगैँचा, चमेनागृह , पुस्तकालय सहितको यो अत्याधुनिक शौचालय उदाहरणीय हुनेछ। यसले शौचालय प्रतिको आम दृष्टिकोण बदल्ने छ” थापाले भनिन।

पोखरा उपमहानगरपालिका सहकार्य र जग्गा उपलब्ध बनाइएको यस सौचालय महेन्द्र पुलमा निर्माण भइरहेको छ।

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए आइसीसी) अध्यक्ष रविना थापाले सङ्घको आसन्न ११ औँ महाधिवेशनका लागि पुनःअध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेकी छन् ।दशौँ महाधिवेशनमा निर्वाचन हुन नसकेपछि अध्यक्ष पदका लागी थापाले ६ महीना कार्यकारि अध्यक्षको रूपमा काम गरेकी थिइन।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्