नेपाल एयरलाइन्सलाई सोल्टी होटलको सेयर बेच्न सिफारिस, चार अर्ब ५७ करोड मूल्य

समाचार बिज
  • ख-
  • ख+

वित्तीय संकटको कारण जहाज खरिदमा अलमलिएको नेपाल एयरलाइन्सलाई सोल्टी होटलको सेयर बेचेर स्रोत जुटाउन विज्ञ टिमले सिफारिस गरेको छ।

एयरलाइन्सको व्यापार विस्तारका लागि जहाज खरिद गर्नैपर्ने अवस्था रहेको तर त्यसका लागि वित्तीय स्रोत जुटाउन समस्या देखिएपछि यस्तो सुझाब दिइएको हो।

पूर्व गभर्नर दिपेन्द्रबहादुर क्षेत्रीको संयोजकत्वमा गठित नेपाल वायुसेवा निगमको संरचनात्मक एवम् व्यवस्थापकीय अध्ययन तथा सिफारिस समितिले आइतबार यस्तो सुझाव सहितको प्रतिवेदन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीलाई बुझाएको हो।

वाइडबडी र न्यारोबडी जहाज किन्न ऋण दिएका कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषले ऋण चुक्ता नगरी थप ऋण नदिने भएपछि यस्तो विकल्प दिइएको हो।

नेपाल वायुसेवा निमगको सोल्टी होटल लिमिटेडमा १ करोड ३ लाख ३३ हजार ६९९ कित्ता सेयर रहेको छ। यो सेयरको हालको बजार मूल्य ४ अर्ब ५७ करोड ७८ लाख २८ हजार ६५ रूपैयाँ पुगेको समितिको प्रतिवेदनमा उल्लेख गरिएको छ। सोल्टीको सेयर मूल्य २०८० भदौ १९ गते प्रतिकित्ता ४ सय ४३ रुपैयाँमा कारोबारलाई आधार मानेर निकालिएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्