एनआरएनको महसचिव पदमा सुबेदिको उम्मेदवारी ।

विज्ञान कार्की
  • ख-
  • ख+

गैरआवासीय नेपाली संघ (एनआरएनए) को २०२३–२५ कार्यकालका लागि महासचिव पदमा अमेरिका निवासी बुद्धि सागर सुवेदीले उम्मेदवारी घोषणा गरेका छन् ।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनसिसि) अमेरिकाको दुई वर्षे कार्यकालका लागि सुवेदी सन् २०२१ मा अध्यक्ष पदमा निर्वाचित भएका थिए ।

सन् २००३ मा अमेरिका गएका सुवेदी अमेरिकामै बसेर काम गर्दै व्यवसाय सुरु गरेकाअहिले अमेरिकाको सफल व्यवसायीको रुपमा चिनिन्छन् । उनले सन् २००६ मा अमेरिकामा व्यवसाय सुरु गरेका थिए ।

अमेरिकामा लामो समयदेखि हायात, होलिडे इनलगायत चर्चित होटल सञ्चालन गरिरहेका एनआरएनएका नेता सुवेदीले हालै मात्र भैरहवास्थित पाँच तारे टाईगर प्यालेस होटल रिसोर्ट खरिद गरेका छन् ।

सुवेदीले अमेरिकामा हायात, होलिडे इन, ह्याम्पटन, विज्डमलगायत ठूला अन्तर्राष्ट्रिय चेन ब्रान्डका होटेलहरु सञ्चालन गरिरहेका छन् । सुवेदीसहितको समूहले अमेरिकाको सिकागो, वासिंगटन डिसी, नर्थ क्यारोलिना, लुजियानालगायत ठाउँमा होटेल चलाइरहेको छ ।

सफल व्यवसायी सुबेदि  एनआरएनए को २०२३-२५ का लागी प्रतिबद्धता साथ महसचिवमा उम्मेदवारी घोषणा गरेका छन :

१.बनसज नागरिकताको नीरन्तरता
२.समाजिक तथा सुरक्षा कोष स्थापना
३.समाजिक र गतिशील संस्था निर्माण

गैरआवासीय नेपाली सङ्घको एघारौँ विश्व सम्मेलन तथा निर्वाचन असोज ३० गतदेखि कार्तिक ३ गतेसम्म काठमाडौँमा हुने भएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्