गृहमन्त्री खाँणले दिए बोहरालाई बधाई

समाचार बिज
  • ख-
  • ख+

१० मंसिर,बुटवल । गृहमन्त्री बालकृष्ण खाणले रुपन्देही ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राप्रपा नेता दीपक बोहोरालाई बधाई दिएका छन् ।

शनिबार नै सार्वजनिक मत परिणाम अनुसार बोहरा उक्त क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् भने खाँण पराजित भए ।

चुनावी नतिजा सार्वजनिक भएपछि खाँणले बोहरालाई टेलिफोन गरी बधाई दिँदै सपल कार्यकालको शुभकामना दिएका उनको सचिवालयले जनाएको छ ।

खाँणले रुपन्देही ३ र समग्र रुपन्देहीको बिकासमा सांसद बोहरालाई आफ्नो तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिवद्धता पनि जनाएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्