क्यानडाको एडमन्टन नेपाली क्रिकेट सोसाइटीले समपन्न गर्यो ब्याक टु स्कुल ट्रीभीया डे।

विज्ञान कार्की
  • ख-
  • ख+

क्यानडाको एडमन्टन नेपाली क्रिकेट सोसाइटीले (इएनसीएस)ले  नव आगन्तुक विद्यार्थी र खेलकुदमा चासो राख्ने बिविध संस्था र ब्याक्तिहरु लाई स्वागत गर्ने उदेस्यले पहिलो इनसिसि ब्याक-टू-स्कूल ट्रिभिया डे समपन्न गरेको छ।

त्यस कार्यक्रमको हाजिरी जवाफ प्रतियोगितामा  हाई स्कूल देखी युनिभर्सिटी अफ अल्बर्टा मा अध्यनरत्त स्नातक , पीएचडी सम्मका बिद्यार्थीहरुले सहभागिता जनाएका थीए।

नेपालिज क्यानेडियन सोसाइटी अफ एडमन्टन (नेकासे) को भवन मा सञ्चालन भएको यस  कार्यक्रम मा इएनसीएसले मुख्य अयोजक को भूमिका निर्वाह गरको थियो ।

गोर्खा वारियर्स र एनआरएनएले सहयोगी संस्थाको रूपमा कार्यक्रमलाइ सहयोग गरेका थिए।

“हामी क्रिकेट खेललाइ एडमन्टनमा बस्नु हुने नेपालीहरु माझ‌ लोकप्रिय बनाउका लागी-परेका छौँ तर साथसाथै यस प्रकारको‌  बौद्धिक किसिमको  खेलहरु पनी सञ्चालन गरेर युवाहरुलाई सुचित बनाउन उत्साहित गरी राखेका छौ” कार्यक्रमको प्रमुख व्यवस्थापक अरविंद पोख्रेलले भने।

आउने दिनमा हाजिरी जवाफ को यस कार्यक्रममा आउने दिनमा  अरु सहर बाट  पनी प्रतियोगीहरु निम्ताउने गृहकार्य भइरहेको जानकारी आयोजकले दिएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्