एनआरएनए क्यानडाले आइसीसीका उपाध्यक्ष आरके शर्माको उपस्थितिमा भेटघाट र अभिवादन कार्यक्रम समपन्न

विज्ञान कार्की
  • ख-
  • ख+

गैरआवासीय संघ नेपाली (एनआरएनए)क्यानाडाले आइतबार मिसिसाउगामा रहेको एभरेष्ट रियल्टी कार्यालयमा एनआरएनए आइसीसीका उपाध्यक्ष आरके शर्माको उपस्थितिमा भेटघाट र अभिवादन कार्यक्रम समपन्न गरेको छ।

कार्यक्रममा एनआरएनए क्यानडा बोर्ड सदस्यहरु, एनआरएनए आईसीसी सदस्यहरुका साथै विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा शर्माले उपस्थितहरूसँग अन्तरक्रियामा संलग्न हुदा अर्थपूर्ण जडान र छलफलहरू बढाएका थिए।

क्यानडाको छोटो बसाइ निकै उपलब्धि मूलक भयो । धेरै साथीहरूसँग भेटेर गैरआवासीय नेपाली अभियानको बारेमा बृहत छलफल गर्ने मौका पाए । क्यानडा जस्तो सम्बृद्ध देशबाट यहाँको कृषि र प्रविधि नेपालमा लैजाने सकिने विषय,विद्यार्थीका समस्या सहित गैरआवासीय नागरिकताको माग सम्बोधन भए पनि नागरिकताको निरन्तरता नै हाम्रो उद्देश्य हुने सार्थक छलफल साथीहरूसँग भयो । छोटो समयमा धेरै साथीहरूलाई चाहेर पनि भेट्न सकिन त्यसको लागि माफी माग्छु । क्यानडा बसाइमा न्यानो आतिथ्य दिनु हुने एनसीसी क्यानडा परिवार,आइसीसीका साथीहरू,सम्मानित वैचारिक सामाजिक संस्थाका प्रतिनिधि ज्यूहरू सहित सबैलाई हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछु” शर्माले भने।

एनआरएनए क्यानाडा सबै सहभागीहरू र एभरेष्ट रियालिटी ब्रोकरेजलाइ एनआरएनए क्यानडाले धन्यवाद ब्यक्त गरेका थिए।

यस कार्यक्रमको संयोजन एनसीसी क्यानडाका उपाध्यक्ष किरोज श्रेष्ठले गरेका थिए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्