ए.एन.ए को उपाध्यक्षमा क्यानडालाइ प्रतिनिधित्व गर्दै २०२३/२०२६ निर्विरोध दाहाल निर्वाचित ।

विज्ञान कार्की
  • ख-
  • ख+

उत्तर अमेरिकी सामाजिक संस्था एसोसिएसन अफ नेपलिज इन द अमेरिकाज (ए.एन.ए.) २०२३/२०२६  का क्यानडालाइ प्रतिनिधित्व गर्दै क्यानडाका समाजसेवि साथसाथै ब्यवसायी सन्तोषराज दाहाल उपाध्यक्षमा निर्बिरोध निर्वाचित भएका छन ।

“क्यानडाबाट एएनए कार्यकारी समितिमा उपाध्यक्ष – सन्तोषराज दाहाल, सहसचिव – कमल भट्टराई ,सह कोषाध्यक्ष – ऋषि ओझा ,महिला संयोजक – प्रिन्जिया ढुंगेल ,सञ्चालक समितिः अनिल राई, भानु शिवाकोटी, नेत्र अमागाई, प्रतिमा क्षेत्री, निर्मला पन्थी दाहाल, दिपक भट्ट” निर्वाचित भएको जानकारि दाहालले दिए।

वरीष्ठ समाजसेवी, वरिष्ठ बुद्धिजीवी र क्यानाडाली नेपाली डायफोराका प्रतिष्ठित सामाजिक व्यक्तित्वहरू  क्यानाडाबाट सल्लाहकार बोर्डमा नियुक्त भएका छन नियुक्त हुनेमा “डा.बासु शर्मा ,डा. दिनेश धरेल ,डा. करुण किशोर कार्की ,डा. गोविन्द दाहाल ,डा. खेम दाहाल ,चित्र प्रधान ” रहेका छन्।

“प्रमुख आफ्नो विशेषज्ञता र समर्पणका लागि परिचित यी प्रतिष्ठित व्यक्तिहरूले को मिशनलाई बहुमूल्य मार्गदर्शन र समर्थन प्रदान गर्नु हुने आशा राखेका छौ” ए.एन.ए का नव निर्वाचित उपाध्यक्ष दाहालले भने।

ए.एन.ए को लक्ष्य र पहलहरूलाई अगाडि बढाउन महत्त्वपूर्ण भूमिका खेल्नेछन्।

१९८३ मा स्थापित एएनए ले अमेरिकामा रहेका नेपालीहरू बीच एकता र सद्भाव बढाउन, नेपाली पहिचान र संस्कृतिको संरक्षण गर्न र सफलताको लागि ज्ञान भएका व्यक्तिहरूलाई सशक्त बनाउन अथक प्रयास गर्दै आएको संस्था हो।

ए.एन.ए अध्यक्ष पदमा वरिष्ठ समाजसेवी अमेरीका नीवासी खगेन्द्र अधिकारी निर्वाचित भएका छन।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्