नेपाल विद्यार्थी संघ कास्कीको रक्तदानमा ५२ युनिट रगत संकलन

समाचार बिज
  • ख-
  • ख+

नेपाल विद्यार्थी संघ कास्कीको आयाेजनामा ११० अाै विपि जयन्तीको अवसरमा भएकाे रक्तदान कार्यक्रममा ५२ युनिट रगत संकलन भएकाे छ । नेविसंघ कास्कीका अध्यक्ष राजिव भण्डारीकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा वाेल्दै प्रमुख अतिथी नेपाली काङ्ग्रेसका नेता तथा पुर्व मन्त्री यज्ञ वहादुर थापाले विपिवादकाे सिद्धान्त सवै पार्टीले अवलम्वन गरेकाे जानकारी दिनुभयाे । उहाँले विपिवादकाे चिन्तनले नै नेपाली काङ्ग्रेस देशकै उत्कृष्ट र जनता प्रेमी पार्टी वनेकाे वताउनु भयाे ।
साेहि कार्यक्रममा नेका क्षेत्रिय सभापति राजेन्द्र मणि लामिछाने , नेपाली काङ्ग्रेस कास्की जिल्ला उपसभापति रामवावु भण्डारी , नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य वावुराम गिरी,, नेविसंघ केन्द्रीय सदस्य भुवन भट्ट, धर्म राज शाही, नसिव गुरुङ, निर्दाेष विक्रम पाैडेल, गाेपि कृष्ण तिवारी,  तरुण नेता सुरज जंग राणा लगाएतले वाेल्नु भएकाे थियाे ।
नेविसंघ कास्कीका सभापती राजिव भण्डारीकाे अध्यक्षतामा सम्पन्न कार्यक्रमकाे सञ्चालन भावना पाैडेलले गरेकि थिईन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्