अर्जेन्टिनाको जितमा मेस्सीको फ्रिकिक गोल, लगातार ११औं जित

समाचार बिज
  • ख-
  • ख+

काठमाडौं । विश्वकप फुटबलको दक्षिण अमेरिकी छनोटअन्तर्गत शुक्रबार बिहान भएको खेलमा अर्जेन्टिनाले इक्वेडरलाई १-० गोलले हराएको छ ।

अर्जेन्टिनाको जितमा कप्तान लियोनल मेस्सीले निर्णायक गोल गरे । मेस्सीले ७८औं मिनेटमा डी बक्सभन्दा ठीक बाहिरबाट फ्रिकिक गोल गरेका थिए । मेस्सीको सिनियर अन्तर्राष्ट्रिय फुटबलमा गरेको गोल संख्या १ सय ४ पुगेको छ । अर्जेन्टिनाले पछिल्ला लगातार ११ खेल जितेको छ भने पछिल्ला ४८ खेलमा केवल एउटा मात्र हार व्यहोरेको छ

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्