फोर्सको कमर्सियल गाडी ‘अर्बानिया’ नाडा अटो शोमा आउँदै, मूल्य ८३ लाख

समाचार बिज
  • ख-
  • ख+

काठमाडौं। फोर्सको नयाँ मोडल ‘अर्बानिया’ भ्यान पनि नाडा अटो शोमा आउने भएको छ। आधिकारिक बिक्रेता आयाम इन्टरकन्टिनेन्टलले प्रदर्शनीमा राखिने जनाएको हो।

कम्पनीले यसको मूल्य ८२ लाख ९९ हजार रुपैयाँ तोकेर नाडा अटो शोमा ल्याउन लागेको छ।

फोर्स अर्बानिया एसयुभी र एमपीभी अनुभव प्रदान गर्ने भ्यान हो। यसको बडी डिजाइन आकर्षक छ। सेग्मेन्टमै पहिलो पटक प्रोजेक्टर हेडल्याम्प, एलइडी डीआरएल, एलइडी सिग्नेचर ल्याम्पको साथै लाइट गाइड टेक्नोलोजी समावेश गरिएको छ।

यो गाडी मर्सिडीज- डीराइभ्ड एफएम २.६ सीआर ईडी टीसीआईसी डिजेल इन्जिनद्वारा संचालित छ। सो इन्जिनले ११५ हर्सपावर र ३५० एनए पीक टर्क उत्पादन गर्छ।

यसैगरी सुरक्षाका फिचरहरुमा हिलहोल्ड असिस्ट, इएसपी, एबीएस, इबीडी, इटीडीसी, अलह्वील भ्यान्टिलेटेड डिस ब्रेक उपलब्ध छ। अर्बानिया भ्यान १०, १३ र १७ सिटर क्षमता गरी तीन अप्सनमा उपलब्ध छ।

आरामदायी यात्राका लागि भ्यानमा सिटअनुसार एसी भेन्ट, हरेक प्यासेन्जरको लागि बत्ती र युएसबी चार्जिङ पोर्ट र सिल्ड प्यानारोमिक विन्डोको साथै वेस्ट इन क्लास क्याविन तथा स्ट्याण्डिङ स्पेस छ।

यस्तै लाइट गाइड टेक्नोलोजीमा आधारित लेड सिग्नेचर टेल ल्याम्प पनि गाडीमा छ।  यो गाडीमा भेरियन्टअनुसार ३३५०-४४०० एमएमसम्मको ह्‍वीलबेस छ। यसैगरी स्टेट अफ द आर्ट फ्रन्ट सस्पेन्सन उपलब्ध छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्