काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह श्रीलंका जाने भएका छन्।
उनी एसिया कप क्रिकेटअन्तर्गत नेपाल–भारतको खेल हेर्न श्रीलंका जान लागेको काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले बताए।
‘उहाँ आज अपराह्न ४ बजे श्रीलंका जाँदै हुनुहुन्छ,’ प्रवक्ता मानन्धरले भने। सोमबार नेपाली समयअनुसार दिउँसो सवा ३ बजे नेपाल–भारतबीच खेल हुँदैछ। मेयर बालेन शाह हिमालयन एयरलाइन्समार्फत् श्रीलंका जाँदै छन्।
नेपालले यसअघि पाकिस्तानसँग खेलेको थियो। नेपाल–भारतको खेल हेर्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने श्रीलंका गएका छन्।