गैर लिम्बु समुदायले किराँती धर्मग्रन्थ मुन्धुमको अपव्याख्या गरेकोमा लिङ्देनको आपत्ति

समाचार बिज
  • ख-
  • ख+

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले गैर लिम्बू समुदायले गाई गोरुको बलि चढाउने चलन किराँतको धर्मग्रन्थमै उल्लेख भएको भन्दै मुन्धुमको अपव्याख्या गरेकोप्रति आपत्ति जनाएका छन् । देशका धरान लगायत केही सहरहरूमा गाई गोरु हत्या गरेको विषयमा आन्दोलन चर्किरहेको बेला लिङ्देनले लिम्बुहरूको पवित्र ग्रन्थ मुन्धुममा गाई गोरु त के किरा–फट्याङ्ग्रा समेत मार्ने कुरा उल्लेख नरहेको जिकिर गरेका हुन् ।

‘विशेष गरी केही गैर लिम्बु जनजातिहरूले किराँत मुन्धुम अनुसार लिम्बुहरूले गाई गोरुको बलि चढाउने चलन छ भन्दै निरन्तर रूपमा गरिरहेको प्रचारप्रति दुःख प्रकट गर्दछु’, उनले भने, ‘अरूको मुन्धुममा के छ कुन्नि उनीहरूले जानुन्। तर किराँत धर्म सामाजिक मुन्धुममा गाई–गोरु त के कुरा किरा,फटेङ्ग्रा,कुखुरा,परेवा,हाँस,भेडा,बाख्रा,राँगा, भैँसी वा कुनै पनि जीवजन्तुको, हत्या(बलि) निषेध छ ।’

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्