इन्जिनियरिङ शिक्षाको प्रवेश परीक्षा स्थगित, शुल्क बढाउने निर्णय खारेज नगर्ने संस्थानको अडान

समाचार बिज
  • ख-
  • ख+

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानले इन्जिनियरिङ शिक्षाको (बि.ईं/बिआर्क) प्रवेश परीक्षा स्थगित गरेको छ । शनिबार सार्वजनिक विज्ञप्ति जारी गर्दै  इन्जिनियरिङ अध्ययन संस्थान डिनको कार्यालयले प्रवेश परीक्षा स्थगित भएको जानकारी दिएको हो ।

संस्थानले बि.ई/बि.आर्क प्रवेश परीक्ष र सार्वजनिक गरिएको भर्ना शुल्क सम्बन्धमा सरोकारवाला पक्षहरुबाट चासो र विरोध भएकोले तत्कालका लागि प्रवेश परीक्षा सम्बन्धी भदौ १९ गते पछिका सम्पूर्ण पूर्व प्रकाशित तालिकाहरु अर्को सूचना प्रकाशित नहुँदासम्मका लागि स्थगित गरिएको जनाएको छ ।

साथै संस्थानले समस्या समाधानका लागि सरोकारवाला पक्ष प्रध्यापक, कर्मचारी तथा विद्यार्थी र आन्दोनरत पक्षलाई छलफल तथा वार्तामा सम्मिलित भई उचित निकासहित शैक्षिक वातावरण निर्माण गर्नका लागि सबैमा अपिल समेत गरेको छ ।

यता, संस्थानले शुल्क बढाउने निर्णय खारेज नगर्ने अडान भने कायमै राखेको छ ।
हेर्नुहोस् विज्ञप्ति : 

pulchok

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्