चन्द्रयान-३ को सफल अवतरणका लागि भारतलाई देउवाको बधाई

समाचार बिज
  • ख-
  • ख+

६ भदौ, काठमाडौं । भारतको चन्द्रयान ३ चन्द्रमामा अवतरण गराउन सफल भएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र त्यहाँका जनतालाई बधाई दिएका छन् ।

भारतले अन्तरिक्षमा पठाएको मानवरहित यान बुधबार साँझ ६ बजे चन्द्रमामा अवतरण गरेको छ । त्यसलगत्तै पूर्वप्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति देउवाले सामाजिक सञ्जालमार्फत बधाई दिएका हुन् ।

‘चन्द्रयान ३ को सफल अवतरणका लागि प्रधानमन्त्री नरेन्द्र मोदी र भारतका जनतालाई बधाई ! अन्तरिक्ष क्षेत्रमा भारतले गरेको यो उल्लेखनीय प्रगति हो । हामी इसोराका वैज्ञानिकहरूको उत्कृष्ट कामको प्रशंसा गर्दछौँ,’ देउवाले उल्लेख गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र परराष्ट्रमन्त्री एनपी साउदले पनि बधाई दिएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्