हिस्ट इन्जिनियरिङ कलेजका विद्यार्थी नेपाल ईको प्यानलको शाखामा।

विज्ञान कार्की
  • ख-
  • ख+

हिमालयन इन्ष्टिच्युट अफ साइन्स एण्ड टेक्नोलोजी प्रालिद्धारा सञ्चालित एचआईएसटी (हिस्ट) इन्जिनियरिङ कलेज ग्वार्को ललितपुरका विद्यार्थी सोमबार इन्जिनियरिङ संकायअन्तर्गत बीई सिभिलका प्रथम सेमेष्टर अध्ययनरत विद्यार्थी इन्जिनियरिङ मेटेरिअलको फिल्ड भिजिटको क्रममा जिल्लाको चाँंगुनारायण नगरपालिका ३ झौखेलस्थित नेपाल इको प्यानलको कारखाना भ्रमण गरेका छन।

नेपाल इको प्यानलका प्रमुख कार्यकारीअधिकृत (सीईओ) इन्जिनियर कृष्णभक्त दुवालले विद्यार्थीलाई इको प्यानल उत्पादनको क्रममा हुने सुरुदेखि अन्तिमसम्मको प्रक्रियाबारे जानकारी गराइएको बताए। यसमा विद्यार्थीले अभिरुचिपूर्वक सहभागिता जनाएको उनले जानकारी गराए।

नेपाल इको प्यानलको कर्पारेट अफिस भने जिल्लाको सल्लाघारी (डा इवामुरा अस्पतालसँगै) मा रहेको छ। यसले देशभरका विभिन्न ठाउँंहरुमा डिलरमार्फत आफ्ना निर्माण सामग्री विक्रीवितरण गर्दै आएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्