‘गोल्डेन ग्लोवल आइकोनिक अवार्ड–२०२३’ बाट मोनिका थापा सम्मानित

विज्ञान कार्की
  • ख-
  • ख+

‘गोल्डेन ग्लोवल आइकोनिक अवार्ड–२०२३’ बाट मलेशियामा  जोण्टा क्लव अफ पोखराका अध्यक्ष मोनिका थापा सम्मानित हुनुभएको छ।

थापालाई युनिभर्सिटी कलेज माविप इन्टरनेशनल र फार्मासेटिकल रोयल इन्टरनेशनल सोसाइटी मलेशियाले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रमका विच सम्मान गरिएको हो ।

हिमालयन हाइड्रोपावर लिमिटेड, सुपर घलेम्दी हाइड्रोपावर प्रालि तथा पोखरा मण्टेश्वरी किण्डर होम नेपालका निर्देशक समेत रहेकी थापालाई शैक्षिक र सामाजिक क्षेत्रमा पुर्याएको योगदानको मुल्याङ्कन गर्दै उक्त समारोहमा सम्मान गरिएको हो ।

विभिन्न क्षेत्रमा योगदान पुर्याएका अन्य दश राष्ट्रका व्यक्तित्वहरुलाई पनि सोही समारोहमा सम्मान गरिएको थियो ।

सम्मानित थापाले यो अवार्डले शैक्षिक तथा सामाजिक क्षेत्रमा लाग्न थप हौसला मिलेको बताइन। साथै आफुलाई योग्य सम्झिएर यो अवार्ड प्रदान गर्नुभएकोमा आयोजक समितिलाई उनले धन्यवाद ज्ञापन गरिन।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्