ओरायनको टर्टल चिप्स नेपालमा सार्वजनिक, एक वर्षभित्रै ३५ हजार रिटेल स्टोरमा पुर्‍याउने

समाचार बिज
  • ख-
  • ख+

काठमाडौं। एम एस ग्रुप अन्तर्गतको मिलेनिया ग्लोबलले नेपाली बजारमा ओरायन टर्टल चिप्स ल्याएको छ। ओरायन इन्डियासँगको सहकार्यमा कम्पनीले नुनिलो चिप्स नेपालमा सार्वजनिक गरेको हो।

ओरायनले टर्टल चिप्सको उत्पादन गत मार्चमा सुरु गरेको थियो। कम्पनीले अब उक्त उत्पादनलाई नेपालमा निर्यात गर्न लागेको हो। कम्पनीले सन् २०२४ मा ओरायन टर्टल चिप्सलाई नेपालका ३५ हजार रिटेल स्टोरहरुमा पुर्याउने योजना बनाएको मिलेनिया ग्लोबलका प्रबन्ध निर्देशक उमंग अग्रवालले बताए।

‘नेपाली उपभोक्ताले टर्टल चिप्सलाई मन पराउनेछन् भन्नेमा हामी विश्वस्त छौं।’- उनले भने। अग्रवालका अनुसार नेपालमा पश्चिमी स्न्याक्स बजारको आकार निकै ठूलो रहेको छ। उक्त बजार हिस्सालाई हासिल गर्न आफूहरु अग्रसर रहेको उनले बताए।

नेपालमा टर्टल चिप्स सार्वजनिक गर्दै ओरायन इन्डियाका प्रमुख कार्यकारी तथा प्रबन्ध निर्देशक सौरभ सेठले भने –’हामीले नेपाली उपभोक्ताको रुचीलाई ध्यानमा राखेर के. फुड र ओरायनका उत्कृष्ट उत्पादन नेपाली बजारमा ल्याउन प्रयासरत छौं। टर्टल चिप्सले मिलेनिया ग्लोबलसँगको सहकार्यलाई यसले थप मजबुत बनाउनेछ।’

एमएस ग्रुपले नेपालका स्टिल, चिनी, धागो, अन्तराष्ट्रिय ब्यापार, बैंकिङ, बीमा, रियल स्टेट तथा होटल लगायतका क्षेत्रहरुमा लगानी गर्दै आएको छ।

एमएस ग्रुपको सहायक कम्पनी मिलेनिया ग्लोबलले नेपाली बजारमा बिबिध एफएमसिजी तथा टिकाउ उपभोग्य वस्तुको आयात तथा वितरण गर्दै आएको जनाएको छ। यसले हर्सिज, मिसेस बेक्टर्स क्रेमिका, हल्दीराम, टाटा, निरमा, आइटिसी, अरप्याट तथा प्रेस्टिजलगायतका कम्पनीका उत्पादनहरुलाई नेपालमा भित्र्याउँदै आएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्