“ग्लोबल एजुकेशन एक्सपो २०२३” पोखरामा ओली एण्ड एशोसिएटले गर्दै,प्रवेश निशुल्क

विज्ञान कार्की
  • ख-
  • ख+

पोखरामा ओली एण्ड एशोसिएटले ‘ग्लोबल एजुकेशन एक्सपो २०२३’ आयोजना गर्ने भएको छ ।

उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरुलाई लक्षित गर्दै आगामी ४ सेप्टेमबर गते सोमबार ‘ग्लोबल एजुकेशन एक्सपो २०२३”अर्थातः विश्व शिक्षा मेला आयोजना हुने भएको हो ।

पोखराको जिरो किलोमिटरस्थित शान्ति निवासको तस्रो तल्लामा मेला सञ्चालन हुने एसोसिएट पोखरा प्रमुख तिलक लामिछानेले बताए ।

 

”  ग्लोबल एजुकेशन फेयर’ विद्यार्थीहरुका लागि समर्पित गरिएको हो, उनले भने, ‘यस विश्व शैक्षिक मेलाबाट विदेशमा रही थप अध्ययन गर्न र विदेशमा गई अध्ययन गर्न इच्छुक विद्यार्थीहरुको लागि फाइदाजनक हुनेछ ।’

 

लामिछानेका अनुसार सो मेलामा ‘विद्यार्थीहरुले अष्ट्रेलिया, क्यानडा, युके, अमेरिका लगायतका देशहरुको बोरमा बुझ्न र सम्बन्धित परामर्शदाताहरुलाई भेट्ने अवसर प्राप्त गर्नेछन् ।

मेलामा प्रवेश निशुल्क रहेको बताउदै लामिछानेले ‘ग्लोबल एजुकेशन एक्सपो २०२३” सफलताको साथ सम्पन्न गर्न र वैदशिक अध्ययनको लागि जान इच्छुक विद्यार्थीहरुलाई मेलाको लाभ उठाउन आग्रह गरे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्