कास्की आदर्श समाज बहराईनकाे दोश्रो राष्ट्रिय अधिवेशन सम्पन्न

समाचार बिज
  • ख-
  • ख+

कास्की आदर्श समाज बहराईनकाे दोश्रो राष्ट्रिय अधिवेशन सम्पन्न

“कस्केलीकाे एकता आजको अपरिहार्यता, समाज सेवा र विकासमा हाम्रो सहभागिता” भन्ने मुल नाराका साथ सन् २०१९ जुलाई ५ मा स्थापित समाजले आफ्नो चौँथो बार्षिकोत्सव तथा दोश्रो राष्ट्रिय अधिवेशन भव्यताका साथ सम्पन्न गरेको छ।

समाजका अध्यक्ष श्री प्रेम बहादुर क्षेत्रीकाे अध्यक्षतामा सम्पन्न उक्त अधिवेशनमा नेपाली राजदुतावास बहराईनका महामहिम राजदूत श्री तीर्थराज वाग्लेज्यू प्रमुख अतिथि रहनुभएको थियो भने कार्यक्रमका विशेष अतिथि एबं महाधिवेशन पर्यवेक्षकको रुपमा कास्की आदर्श समाज अन्तराष्ट्रिय परिषद मध्यपूर्व संयोजक श्री दुर्गा प्रसाद त्रिपाठी रहनुभएको थियो। बहराईनको अदलिया स्थित नेपाली क्लबकाे सभाहलमा आयोजित उक्त अधिवेशनमा बहराईनमा क्रियाशील संघ संस्था एबं वैचारिक संगठनका प्रमुख ज्यूहरु एबं वहाँका प्रतिनिधि ज्यूहरु, कास्की आदर्श समाजका सल्लाहकार ज्यूहरु आजिवन सदस्य तथा साधारण सदस्यहरू व्यवसायी, बुद्धिजीवी र शुभचिन्तक ज्यूहरुको बाक्लो उपस्थिति रहेको थियो।

समाजका कार्यबाहक महासचिव रविराज पौडेलले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा अतिथिहरुको आसन ग्रहण पश्चात सभाध्यक्ष, प्रमुख अतिथिज्यू लगाएत उपस्थित विशेष अतिथि ज्यूहरु बाट सामूहिक रूपमा दीप प्रज्वलन गर्दै क्रमशः बहराइनको र नेपालकाे राष्ट्रिय धुन बजाएर कार्यक्रमको समुद्घाटन गरिएको थियो।

कार्यक्रम उद्घाटन पश्चात समाजका प्रथम उपाध्यक्ष श्री पूर्ण बहादुर परियारले उपस्थित सम्पूर्ण अतिथिहरुलाई स्वागत गर्दै आफ्नो मन्तव्य राख्नु भएको थियो भने समाजका प्रमुख सल्लाहकार श्री शंकरमान गुरुङ्ग ज्यूले समाजको स्थापना देखिको आजसम्मका कार्यहरूको बारेमा संक्षिप्त मन्तव्य राख्नु भएको थियो। तत्पश्चात समाजका कार्यबाहक महासचिव रविराज पौडेल र कोषाध्यक्ष कमल कुँवरले क्रमश समाजको २०२१-२३ कार्यकालको कार्यप्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। प्रतिवेदनमा समाजले यस कार्यकालमा गरेका विभिन्न सामाजिक र परोपकारी कार्यहरू प्रस्तुत गरिएको थियो। समाजले मुख्यत यस कार्यकालमा कास्की जिल्लाका ग्रामीण क्षेत्रका सामुदायिक स्कूल हरुमा अध्ययन गर्ने विद्यार्थीहरुलाई सहयोग गर्ने उद्देश्यले रू ३ लाखको शैक्षिक अक्षय कोष स्थापना गरेको छ भने हिजो नै कास्की जिल्लाकाे अन्नपूर्ण गाउँपालिका ६ चन्द्रकोट स्थित श्री संगम माध्यामिक विद्यालयमा अध्ययनरत ४७ जना छात्रा छात्रहरुलाई रू. ७५०००/- बराबरको स्कूल पोशाक बितरण गरेको थियो ।

शुभकामना मन्तब्यकै क्रममा अधिवेशनका पर्यवेकक्षक तथा मध्यपूर्व संयोजक श्री दुर्गा प्रसाद त्रिपाठी ज्यूले कास्की आदर्श समाज आई सि सि का तर्फवाट बधाई तथा शुभकामना व्यक्त गर्नुभयो। आफ्नो शुभकामना मन्तव्यका क्रममा प्रमुख अतिथिज्यू लगाएत सम्पूर्ण वक्ताहरुले कास्की आदर्श समाज बहराईनले संस्थापक अध्यक्ष प्रेम बहादुर क्षेत्री नेतृत्वकाे कार्यसमितिले छोटो समयमा नै बहराईनमा मात्र नभएर आफ्नो गृह जिल्ला कास्कीमा धेरै उल्लेख्य सामाजिक एबं परोपकारी कार्यहरू गरेको मुक्त कण्ठले प्रशंसा गर्दै निवर्तमान हुँदै गरेको टिमलाई हार्दिक बधाई तथा नव निर्वाचित कार्यसमितिलाई शुभकामना व्यक्त गर्नुभयो। अधिवेशनको पहिलो सत्रको अन्त्यमा कार्यक्रमका सभाध्यक्ष ज्यूले उपस्थित सम्पूर्ण अतिथिज्यू हरुलाई उपस्थितिका लागि हार्दिक धन्यबाद दिँदै समाज गठनदेखि आफ्नो दुई कार्यकाल (४ वर्ष ) कार्यसमितिमा रहनुहुने सम्पूर्ण पदाधिकारिहरु तथा सदस्यहरू एबं सल्लाह सुझाव र मार्गदर्शन गर्नुहुने सम्पूर्ण अग्रजहरु प्रति हार्दिक आभार प्रकट गर्दै औपचारिक (खुला सत्रको) कार्यक्रमको समापन गर्नुभएको थियो। कार्यक्रमको दोश्रो सत्रमा निर्वाचन समितिका संयोजक श्री शंकरमान गुरुङ्गज्यूले नयाँ कार्यकाल २०२३-२५ का लागि तिर्थ बहादुर भण्डारीकाे नेतृत्वमा २१ सदस्यिय कार्यसमिति सर्वसम्मत निर्वाचित भएको घोषणा गर्नुभएको थियो । अध्यक्षमा भण्डारी साथै क्रमश: प्रथम उपाध्यक्ष पूर्ण बहादुर परियार, द्वितीय उपाध्यक्ष लक्ष्मी क्षेत्री, तृतीय उपाध्यक्ष बिमल थापा मगर, महासचिव रवि राज पौडेल, सचिव सन्तोष अधिकारी, कोषाध्यक्ष कमल कुँवर, सहसचिव मान बहादुर पौडेल, सह कोषाध्यक्ष युवराज बराल, व्यवस्थापक सचिव सन्तोष न्यौपाने, यूवा तथा खेलकुद संयोजक अमृत देवकोटा, महिला संयोजक सञ्जना सुनार र सदस्यमा क्रमशः ईन्द्र बहादुर गुरुङ, प्रेमराज पौडेल, सूर्य बिश्वकर्मा, प्रभा त्रिपाठी, मनिषा तिवारी कुँवर, मिलन गुरुङ्ग, अशोक थापा, राजु थापा, हरी प्रसाद देवकोटा सर्वसम्मत चयन हुनुभएकोछ। कार्यक्रमको अन्तमा प्रमाण पत्र बितरण, सपथ ग्रहण र नवनिर्वाचित अध्यक्षकाे सम्बोधन पछि उपस्थित पाहुना हरुलाई रात्रिभोजको व्यवस्था पनि गरिएको थियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्