रास्वपाले झैं अब एमालेले पनि कार्यक्रममा नेताहरुलाई आसन ग्रहण नगराउने

समाचार बिज
  • ख-
  • ख+

काठमाडौं । नेकपा एमालेले अब पार्टीको कार्यक्रमा आसन ग्रहण नगराउने भएको छ । सोमबार बसेको सचिवालय बैठकले कार्यक्रममा कसैलाई आसन ग्रहण नगराउने निर्णय गरेको हो ।

बुधबार साँझ होटल रेडिसनमा नेकपा एमालेद्वारा आयोजित ‘वर्तमान आर्थिक अवस्था- समस्या र समाधान छलफल कार्यक्रम’मा बोल्दै अध्यक्ष केपी ओलीले पार्टीले निर्णय गरिसकेको भए पनि सर्कुलर आउन बाँकी रहेको बताए ।

उनले यसले एमालेलाई मात्रै नभएर सबैलाई सजिलो हुने बताए । उनले अब कार्यक्रममा व्याज र खादाको प्रवृत्ति पनि अन्त्य गर्नुपर्ने बताए ।

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि कार्यक्रममा आसन ग्रहण नगराउने प्रचलन चलाउँदै आएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्