रोयल इनफिल्डले पुरानो बुलेट ३५० लाई जे सिरिज इन्जिनमा ल्याउँदै, नयाँ मोडल सेप्टेम्बरमै

समाचार बिज
  • ख-
  • ख+

काठमाठौं। रोयल इनफिल्डले पुरानो मोडलको बुलेट ३५० लाई जे सिरिजको इन्जिनमा ल्याउने तयारी गरेको छ। आगामी महिना बजारमा ल्याइने मोडलमा कम्पनीले नयाँ इन्जिन जडान भएको पाइने जनाएको छ।

नयाँ मोडल ३४९ सीसी लामो स्ट्रोक इन्जिनयुक्त हो, जुन एयर-ओइल कूल्ड हुन्छ। यसले लगभग २० ब्रेक हर्सपावरको अधिकतम पावर प्रदान गर्न सक्छ भने २७ एनएमको पीक टर्क उत्पादन गर्छ। यसलाई ५ स्पीड गियरबक्ससँग जोडिएको छ। डिजाइनमा कम्पनीले कुनै खास परिवर्तन नगर्ने भएको छ।

नेपालमा पनि क्लासिक ३५० र स्क्रयाम ४११ पछिल्लो समय सस्तो मूल्यका कारण चर्चामा छ। हन्टर ३५० हाल सबैभन्दा किफायती नयाँ पुस्ताको रोयल इन्फिल्ड हो।

नयाँ बुलेट ३५० ले नयाँ बडी प्यानलहरू पाउन सक्छ तर तिनीहरू क्लासिक ३५० जस्तै देखिन सक्छन्। यसमा सिंगल सिट र राउन्ड हलोजन हेडल्याम्प हुनेछ तर हुड बिना नै हुनेछ। पहिले देखाइएको टिजरमा अझै पनि इन्धन ट्यांकीमा पिन स्ट्रिपहरू छन्। टेल ल्याम्प पनि नयाँ हुनेछ।

नयाँ पुस्ताको बुलेट ३५० को चेसिस क्लासिक ३५० सँग साझेदारी गरिनेछ। मोटरसाइकलहरू बीच सस्पेन्सन र ब्रेकिङ हार्डवेयर पनि साझा गरिनेछ। यस्तै अगाडि ४१ एमएम टेलिस्कोपिक फोर्क र पछाडि ट्वीन-शकहरु उपलब्ध हुनेछ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्