एनसीसी‌ कपको उपाधि नरेश बुढाएर कप्तान रहेको हक्कालाइ।

समाचार बिज
  • ख-
  • ख+

नेपलिज क्यानडियन क्रिकेट क्लबले आयोजना गरेको एनसीसी कपको सातौ संस्करणको उपाधि “हक्का इसपाइसेज”ले जितेको छ।

फाइनल खेलमा हक्का इसपाइजेजले टस जित्दै ब्रेक एण्ड प्ले विरूद्ध पहीलो ब्याटिन्ग गर्ने निर्णय गरेको थियो । ब्याटीन गर्न मैदान उत्रेको हक्काले २० ओभरमा ५ विकेट गुमाउदै १९५ रनको योगफल वनाउन सफल भएको थियो।

प्रवेस मल्लले १ चौकाको मदतले ५० बल खेल्दै ५० रनको योगदान गरेका थिए। त्यसैगरी नरेस बुढाएरले ५ चौका र ७ छक्काको मदतले ४१ बल खेल्दै ९२ रनको योगदान गरेका थिए। त्यसैगरी सागर खनालले ३ चौकाको मदतले १८ बलमा २४ रनको योगदान गरेका थिए। ब्रेक एण्ड प्लेका लागी मन विकेले ३ ,सूजन बोहराले १ विकेट लिदै टिमलाई योगदान गरेका थिए।

१९६ रनको योगफल पछ्याउन मैदान उत्रेको ब्रेक एण्ड प्ले २० ओभर खेल्दै ६ विकेट गूमाएर मात्र १११ रन बनाउदै मात्र बनाउन सफल भएको थियो। ब्रेक एण्ड प्लेका लागी जूनेसले ३ चौका र १ छक्काको मदतले २२ बलमा ३० रन बनाउन सफल भएका थिय।

हक्काका लागी सागर,आसीसले २-२ , प्रवेस र आलोकले १-१ वीकेट लिन सफल भएका थिए।

खेलको म्यान अफ द म्याच नरेस बुढाएर भएका थिए।

आयोजकले आगामी अगस्ट १२ र १३ गते डीक्सी -४०७ क्रिकेट ग्राउण्डमा प्रतियोगिता आयोजना भएको थियो। प्रतियोगितामा आठ टीमको सहभागिता रहेको थियो।

प्रतियोगिताको उपाधि जीतेको हक्काले चार हजार डलर र उपविजेता ब्रेक एण्ड प्लेले दुई हजार डलर प्राप्त गरेको छ।

प्रतियोगिताका संयोजक रेजीस रंजीतले यस प्रतियोगितालाई समपन्न साथ र सहयोग गर्न साथ दिनु हुने सम्पुर्ण प्रती आभारि छु ” उनले भने।

छैटौ संस्करणको उपाधि बेलचोक व्वाइजले जितेको थियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्