
विज्ञान कार्की
पोखरा-पोखरा विश्वविद्यालयमा इन्जिनियरिङ अध्ययनका अवसरबारे पोखरा बिस्वविद्यालय को बिज्ञान तथा प्रबिधि संकायले सोमबार काठमाण्डौमा कक्षा १२ को अध्ययन सकेर बसेका विद्यार्थीका लागि लक्षित गरेर कार्यक्रम अयोजना गरेको छ।
पोखरा बिस्वविद्यालयका उपकुलपति प्रेम अर्याल कार्यक्रमका प्रमुख अतिथिको रूपमा रहदै पानसमा दिप प्रज्वलन गर्दै कार्यक्रमको उद्घाटन भएको थियो।
कार्यक्रममा विषिष्ट अतिथिको रुपमा पोखरा बिस्वविद्यालयका रजिस्टर दिपक भण्डारी र नेपाल इंजीनियरिंग काउंसिलका अध्यक्ष पदम बहादुर शाहि रहेका थिए।
त्यसैगरि मुख्य वक्ताको रूपमा हाइड्रो पावर इण्टरपेनर इ .ज्ञानेम्द्र लाल प्रधानको उपस्थिति रहेको थियो।
कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजना गरिएको कार्यक्रममा हालै मात्र अमेरिकाको हार्वर्ड विश्वविद्यालयबाट अर्वन प्लानिङमा स्नातकोत्तर गरेर आएकी मिस नेपाल २०१८ तथा आर्किटेक्ट शृङ्खला खतिवडाको समेत उपस्थिति थियो ।
खतिवडाले” भविष्यका इन्जिनियर बन्न चाहनेहरूलाई नेपालमै प्रचुर सम्भावना रहेको उल्लेख गरिन्” ।
‘हालै मात्र सबै इन्जिनियरिङ कार्यक्रमहरूको पाठ्यक्रमलाई रिभिजन गरेका छौँँ । सैद्धान्तिक विषयका साथसाथै प्रयोगात्मक विषयलाई पनि जोड दिएका छौँ,’ विज्ञान तथा प्रविधि संकायका डिन राजेशकुमार ठकुराठीले भने ।