
अस्ट्रेलिया एडिलेड, विज्ञान कार्की
एसके इभेन्टद्वारा `अब हास्छ एडिलेड´ नाम दिईको कार्यक्रमको सम्पुर्ण टिकटहरू बिक्री हूदै भव्यताका साथ सम्पन्न भएको छ।

एभरेष्ट रेष्टुरेन्ट एण्ड इभेन्ट सेन्टरमा आयोजना भएको कार्यक्रममा नेपालका चार हास्य कलाकार कमेडी च्याम्पियन सिजन– २ का विजेता भरत मणि पौडेल सहित सुमन कार्की, कैलाश कार्की, बिक्की अग्रवाल प्रस्तुति रहेको जानकारी कार्यक्रम संयोजक कमल थापा मगरले जानकारी दिएका छन।

यस कार्यक्रमलाई यती धेरै माया र हौसलाले गर्दा आउने दिनमा एडिलेड सहरमा बसोबास गर्ने नेपाली युवाहरूको लागि कार्यक्रम आयोजना गर्दै सम्पुर्ण नेपाली समुदाय र गैर–नेपाली समुदायकालागि सांस्कृतिक कार्यक्रम, लाइभ सांगीतिक कन्सर्ट, जस्ता मनोरञ्जनात्मक कार्यक्रमहरू थप आयोजना गर्ने जानकारी आयोजकले जनाएको छ।