लेखनाथ उद्योग वाणिज्य संघको अध्यक्षमा विनोद श्रेष्ठ उम्मेदवारी

समाचार बिज
  • ख-
  • ख+

माचार बिज

लेखनाथ, २४ साउन । लेखनाथ उद्योग वाणिज्य संघको अध्यक्षमा युवा व्यवसायी विनोद श्रेष्ठ उम्मेदवारी दिने भएका छन् । आगामी भदौ २२ र २३ गते हुने संघको १४ औं अधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने तयारी गरेको बताएका छन् ।

उद्योगी व्यवसायीको भावना अनुसार आफूले अध्यक्षमा उम्मेदवारी दिने तयारी गरेको ्श्रेष्ठ जानकारी दिए । आफूले संघमा २ कार्यकाल कार्यसमिति सदस्य, क्रमस प्रथम,द्धितिय, बरिष्ठ उपाध्यक्ष कार्यकाल सकिदै अध्यक्ष पद कोलागी उम्मेदवारी दिने रहेकोे बताए ।

युवाहरु विदेशीने क्रम वर्षेनि वृद्धि हुँदै गएको बताउँदै श्रेष्ठ युवाहरुलाई स्वदेशमा नै बसेर व्यवसाय गर्नका लागि प्रेरित गर्नु नै आफ्नो मूख्य उद्धेश्य रहेको श्रेष्ठ बताए ।

‘ अहिले देशमा आर्थिक मन्दी देखिएको छ । यो विषम परिस्थितिमा व्यवसायीहरुको हकहितमा काम गर्ने गरी योजनाहरु बनाएको छु,’ उनले भने, ‘संघलाई नयाँ उचाईमा पु¥याउन मेरो सक्रियता निरन्तर रहन्छ ।’

संघमा आफूले पु¥याएको योगदान र अध्यक्ष भएर काम गर्नसक्ने क्षमता समेतलाई मध्यनजर गरी संघका सदस्यहरुले आफूलाई न्याय गरी अध्यक्षमा पदमा निर्वाचित गराउनेमा विश्वस्त रहेको श्रेष्ठ बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्