वेदुरामलाई कार्यवाहक दिएर माधव नेपाल दुई साताका लागि विदेश उडे

समाचार बिज
  • ख-
  • ख+

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधमानमन्त्री माधव नेपालले करिब दुई साताका लागि विदेश यात्रामा निस्किएका छन् । पार्टी सम्बद्ध प्रवासी नेपाली एकता मञ्चको कार्यक्रममा सहभागी हुन नेपाल सोमबार विहान जेनेभा प्रस्थान गरेका छन्।

भदौ १ गतेसम्म स्विजरल्याण्ड, स्पेन, क्रोसिया र बेलायतमा हुने कार्यक्रमका सहभागी हुने अध्यक्ष नेपालको भ्रमण तालिका छ । अध्यक्ष नेपालले आफ्नो अनुपस्थितिमा पार्टी कामको संयोजन गर्न उपाध्यक्ष वेदुराम भुसाललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएका छन् ।

आइतबार मात्र सर्वोच्च अदालतले ललितानिवास जग्गा अनियमितता प्रकरणमा नेपाललाई पनि अनुसन्धानको दायरामा ल्याउन सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ । सर्वोच्चको आदेशको दोस्रो दिनमै नेपाल दुई साताका लागि विदेश हिडेका छन् ।

363858174_1399207150658787_1505425916898992429_n (1)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्