नेपलिज क्यानडियन क्रिकेट क्लबले सातौ संस्करणको एनसीसीसी कप क्रिकेट प्रतियोगिता आयोजना गर्ने

समाचार बिज
  • ख-
  • ख+

नेपलिज क्यानडियन क्रिकेट क्लबले सातौ संस्करणको एनसीसीसी कप क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ।

आयोजकले आगामी अगस्ट १२ र १३ गते डीक्सी -४०७ क्रिकेट ग्राउण्डमा प्रतियोगिता आयोजना हुने जनाएको छ ।

प्रतियोगिताका संयोजक रेजीस रंजीतले यस प्रतियोगिता गर्न उत्साहित रहेको र प्रतियोगितालाई पनि सफल पार्न तयार रहेको बताए ।

प्रतियोगितामा आठ टिमको सहभागिता रहेको छ। छैटौ संस्करणको उपाधि बेलचोक व्वाइजले जितेको थियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्