कास्कीमा रु १६० देखि रु १८० रुपैयाँसम्म गोलभेंडा भाउ ।

समाचार बिज
  • ख-
  • ख+

साउन १९ समाचार बिज
कहिे दिन अघिमात्र किलोको ५ रुपैयाँमा पनि नबिकेपछि तरकारी बजार आसपास किसानले गोलभेंडा फ्याँके । उत्पादन स्थलबाट ठूलो तरकारी बजारसम्म आइपुग्दा पनि उचित मूल्य नपाएपछि गोलभेंडा नष्ट गर्नुपरेको गुनासो किसानले त्यतिखेर गरेका थिए ।भारतीय गोलभेंडाले राम्रो मूल्य पाएको तर स्वदेशी उत्पादनले उचित मूल्य नपाएको विरोधमा किसानले सडकमा फालेर विरोध गरेका थिए ।त्यस समय पोखरामा फलपूmल तथा तरकारी बजारमा गोलभेंडाको थोक न्यूनतम मूल्य ३० र अधिकतम ८० रुपैयाँ थियो । अहिले त्यही बजारमा गोलभेंडाको न्यूनतम मूल्य किलोको १ सय ६० रुपैयाँ पुगेको छ । अधिकतम मूल्य त १ सय ८० रुपैयाँसम्म छ । छिमेकी देशमा ठूलो वर्षा भएर लगतै गोलभेंडा खेती उत्पादन कम हुँदा नेपाली बजारमा पनि असर परेको हो । नेपालमा उत्पादित गोलभेंडा भारतीय बजारमा पुगेपछि स्थानीय बजारमा मूल्य अकाशिएका छ । बिगत दिनमा भारतबाट पनि केही आउने गरेको थियो । अहिले भने उताबाट नआएर पछि यताबाट गइरहेको छ । पहिले भारतबाट पनि आयात हुँदा सस्तो हुन्थ्यो । अहिले एक त अफसिजन त्यसमाथि आयात बन्द हुँदा मूल्य बढेको हो त्यसो त अहिले गोलभेंडाको मुख्य सिजन पनि होइन । अफसिजनमा उत्पादन पनि कम नै भएको पोखराका व्यापारीहरुको भनाइ छ । गोलभेंडा खेती गरेको ठाउँमा किसानले धान रोपाइँ गरेको हुँदा उत्पादन घटेको उनले बताए । ‘विगतमा यो समय छिमेकी देश तथा तराईबाट गोलभेंडा आउने गरेको थियो तर यसपटक आएको छैन । माग उस्तै तर उत्पादन कम हुन गई मूल्य बढेको हो, पोखराका व्यापारीहरुको भनाइ छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्