मंसिरमा व्यापार मेला आयोजना गर्दै पोखरा उद्योग वाणिज्य संघ

समाचार बिज
  • ख-
  • ख+

पोखरा । पोखरा उद्योग वाणिज्य संघले आगामी मंसिर २१ देखि पुस १ गतेसम्म राष्ट्रिय औद्योगिक व्यापार मेला २०८० को आयोजना गर्ने भएको छ । पोखरा ९, नयाँबजारमा रहेको प्रदर्शनी केन्द्रमा मेला आयोजना हुनेछ ।

संघले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी मेलाको मिति घोषणा गरेको हो । अध्यक्ष पवनकुमार प्रजापतिले यसअघिको जस्तै मेला पोखरा र र सम्पूर्ण राष्ट्रको औद्योगिक, कृषिजन्य, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य,पर्यटनलगायत कृषिजन्य उत्पादनहरुलाई प्रवद्र्धन तथा बजारीकरणमा समेत सघाउ पु¥याउने उद्धेश्यमा समर्पित रहने बताए ।

लगानीको सम्वद्र्धन : उद्योग ब्यवसायको प्रवद्र्धन भन्ने नारासहित आयोजना हुने मेलाले गण्डकी प्रदेशको व्यवसाय बिस्तारको संभावनाको खोजीे तथा पर्यटकीय सम्भावना उजागर गर्ने उनले बताए । पछिल्लो समय पोखरा अन्तर्राष्ट्रिय सहरको रुपमा विकसित भएको बताउँदै उनले मेलाको स्वरुप परिमार्जन गरी सहर सुहाउँदो बनाइने उनको भनाइ थियो ।

संघले गएको मंसिर १६ देखि २५ गतेसम्म आयोजना गरेको ‘समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेलाबाट १३ लाख ४० हजार ६२६ रुपैयाँ बचत भएको जनाएको छ ।

विभिन्न शीषर्कबाट १ करोड २० लाख ३१ हजार ५८६ रुपैयाँ आम्दानी हुँदा १ करोड ५ लाख ९० हजार ९६० रुपैयाँ खर्च भएको अध्यक्ष प्रजापतिले बताए । मेला आयोजनाबाट बचत भएको रकम उद्यमशीलता प्रवद्र्धन गर्न तथा व्यवसायीहरुको क्षमता अभिवृद्धिको लागि खर्च गरिने संघका वाणिज्य उपाध्यक्ष उत्तममान बुद्धाचार्यले जानकारी दिए ।

महासचिव बलराम आचार्यका अनुसार संघले स्थापनाकालदेखि नै सामाजिक उत्तरदायित्वअन्तर्गत पोखराको शिक्षा,स्वास्थ्य र पर्यटन र कृषि क्षेत्रको विकासमा गर्दै आएको योगदानलाई पनि निरन्तरता दिनेछ ।

प्रेस नोट
–हाम्रो निम्तोलाई स्वीकार्दै समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेला २०७९’ को आय–व्यय सार्वजनिक गर्ने यो पत्रकार सम्मेलनमा उपस्थित हुनुभएकोमा हामी यहाँहरुलाई हार्दिक स्वागतसहित धन्यवाद ज्ञापन गर्दछौं ।
–पत्रकार बन्धुहरु, यही मंसिर १६ देखि २५ गतेसम्म पोखरा ९ नयाँबजारमा रहेको प्रदर्शनी केन्द्रमा आयोजना भएको समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेला २०७९’ सफलतापूर्वक सम्पन्न भएको यहाँहरुलाई अवगत नै छ । मेला सफल बनाउन यहाँहरुबाट प्राप्त सहयोगको हामी मुक्तकष्ठले प्रशंसा गर्दछौं । आउँदा दिनहरुमा पनि यहाँहरुबाट यस्तै रचनात्मक सहयोगको अपेक्षा पनि राख्दछौं ।
– पोखरालगायत सम्पूर्ण राष्ट्रको औद्योगिक, कृषिजन्य, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य,पर्यटनलगायत कृषिजन्य उत्पादनहरुलाई प्रवद्र्धन तथा बजारीकरणमा समेत सघाउ पु¥याउने उद्धेश्यले मेलाको आयोजना गरिएको थियो । लगानीको सम्वद्र्धन ः उद्योग ब्यवसायको प्रवद्र्धन भन्ने नारा अनुरुप नै सो मेला गण्डकी प्रदेशको व्यवसाय बिस्तारको संभावनाको खोजीे तथा यो प्रदेशको पर्यटकीय सम्भावना उजागर गर्ने उद्धेश्यमा समर्पित रहेको म स्मरण गर्न चाहन्छु ।
– नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश तथा पोखरा उद्योग वाणिज्य संघको आयोजना, गण्डकी सरकार,पोखरा महानगरपालिका एवम् नेपाल पर्यटन बोर्डको प्रवद्र्धन, पोखराको प्रतिष्ठित व्यावसायिक घराना लक्ष्मी हाउसको उत्पादन समृद्धि स्टिल्सको मुख्य प्रायोजन रहेको मेलामा मुक्तिनाथ विकास बैंक र मुक्तिनाथ कृषि कम्पनी प्रालि इसेवा प्रालि, गरिमा विकास बैंक प्रालि,बाल्ट्रा होम एल्लाइन्सेस तथा शिव शिखर एग्रो प्रालिको मुख्य सह प्रायोजन रहेको थियो ।
–‘लगानीको सम्वद्र्धन ः उद्योग व्यवसायको प्रवद्र्धन’ भन्ने मुल नारासहित आयोजित मेलालाई बाइबाई चाउचाउ,राष्ट्रिय वाणिज्य बैंक, एनआइसी एसिया बैंक लिमिटेड, बागमती प्लाष्टिक, डाबर नेपाल,प्रभु बैंक लिमिटेड, अन्नपूर्ण केबलकार,गृहलक्ष्मी ग्यास कम्पनी,नेपाल टेलिकम, कोसेली तेल,युनाइटेड रेफ्रेन्स ल्याब्रोटरी (युआरएल),हरपल चामल, सोल्टी पानी, लक्ष्मी हुण्डाइ,सफल दूध,उपकार ब्राण्ड,अर्ना बियरको प्रायोजन गरेको थियो ।
–यसैगरी मञ्च प्रायोजकमा कृषि विकास बैंक लिमिटेड,टिकट प्रायोजकमा किङ क्वाइल,गेटपास प्रायोजकमा आइएसएमटी कलेज पोखरा,ब्रोसर प्रायोजकमा माछापुच्छे« बैंक लिमिटेड,इन्स्योरेन्स पार्टनरमा अजोड इन्स्योरेन्स लिमिटेड,हस्पिटालिटी पार्टनरमा कुटी रिसोर्ट र चौतारी बुटिक,मुख्य गेट प्रायोजकमा नेपाल बैंक लिमिटेड र ग्यालेक्सी हस्पिटल,हेल्थ पार्टनरमा मणिपाल अस्पताल,इन्टरनेट पार्टनरमा पोखरा इन्टरनेट,मिडिया पार्टनरमा सिटीवान टेलिभिजन र अन्नपूर्ण एफएम रहेको पनि म जानकारी गराउन चाहन्छु । राष्ट्रिय औद्योगिक व्यापार मेलासँग सहकार्य गर्ने सबै उद्योग÷प्रतिष्ठान एवं व्यावसायिक संघ संस्थाहरुप्रति हामी हार्दिक आभार व्यक्त गर्दछौं । उहाँहरुको सहयोग बिना सो महायज्ञ सम्भव थिएन ।
–मेला सम्पन्न गर्न नेपाल उद्योग वाणिज्य महासंघका मेलासमितिका सभापति श्री नरेन्द्रकुमार प्रधानज्युको संयोजकत्वमा २५१ सदस्यीय मुल आयोजक र पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष श्री पवनकुमार प्रजापतिको अध्यक्षतामा कार्य सम्पादन समिति गठन भएको व्यहोरा यहाँहरुलाई अवगत नै छ । कार्यसम्पादन समितिअन्तर्गत सल्लाहकार समितिका अलावा गठित विभिन्न २५ वटा उपसमितिहरुको सक्रियताकै कारण मेला सफलतापूर्वक सम्पन्न भएको हो ।
–मेलाअन्तर्गत हामीसँग डोमतर्फ ७८,अटोका ४५ र अन्य विभिन्न खालका १२० वटा स्टल गरी २५० स्टल रहेका थिए ।
–मेलाको आकर्षणको रुपमा औद्योगिक तथा व्यापार मेला, हस्तकला मेला, कृषिमेला, पूष्पमेला, अटोमेला, सूचना तथा प्रविधिहरुको प्रदर्शनी, विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाहरुको गतिविधिहरुको प्रदर्शनीलगायत दैनिक उपभोग्य वस्तु घरायसी सरसामान, लत्ताकपडा, श्रृंगारका सामानहरुको बिक्री वितरण रहेका छन् । सिटीइभिटीको सहयोगमा कास्की जिल्ला हस्तकला संघले मेला स्थलमा हस्तकलाका सामग्री बनाउने तालिम प्रदान गरेको थियो । हस्तकलाका विभिन्न सामग्री निर्माण प्रत्यक्ष नियाल्ने सो अभियानबाट उद्यमशीलता विकासमा सघाएको हाम्रो ठम्याइ रहेको छ । मेला उद्यमशीलता विकासमै समर्पित थियो । तर, हामीले मेलालाई मनोरञ्जनात्मक बनाउन ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरुबाट सांस्कृतिक कार्यक्रमका अलावा रत्यौली गीत प्रतियोगिता र डान्सिङ स्टार प्रतियोगिता पनि समावेश गरेका थियौँ ।
– मेलाको प्रवेश टिकटको हकमा सर्वसाधारणको लागि रु.१ सय र विद्यार्थीको लागि रु.६० कायम गरिएको थियो ।
– मेला अवधिभर यही प्रदर्शनी केन्द्रमा हामीले उद्यमशीलतासम्बन्धी सेमिनारको पनि आयोजनासमेत गरिएको म स्मरण गर्न चाहन्छु ।
– अब म मेलाको आय– व्यय विवरण प्रस्तुत गर्ने अनुमति माग्दछु । मेलामा स्टल बिक्री, प्रवेश टिकट, प्रायोजक, ब्यानर प्रायोजनलगायतका

–यस वर्षको मेला आयोजनाबाट बचत भएको रकम उद्यमशीलता प्रवद्र्धन गर्न तथा व्यवसायीहरुको क्षमता अभिवृद्धिको लागि खर्च गरिने व्यहोरा हामी जानकारी गराउन चाहन्छौँ । पोखरा उद्योग वाणिज्य संघले स्थापनाकालदेखि नै पोखराको शिक्षा,स्वास्थ्य र पर्यटन र कृषि क्षेत्रको विकासमा ठूलो योगदा गर्दै आइरहेको छ । हामी बचत रकमबाट यो सो क्षेत्रको विकासको लागि पनि ध्यान दिने नै छौं ।
– पोखरा उद्योग वाणिज्य संघले यस अगाडि नेपाल सरकार, नेपाल उद्योग वाण्ज्यि महासंघ लगायत अन्य संघ संस्थाहरुसंग मिलेर संघको आयोजनामा औद्योगिक व्यापार मेला २०४२ र २०४९, पोखरा महोत्सव २०५२, हस्तकला मेला –२०५३ पुष्प प्रदर्शनी– २०५५, हस्तकला तथा पुष्प मेला–२०५६, पश्चिमाञ्चल औद्योगिक व्यापार मेला–२०५९, औद्योगिक व्यापार मेला–२०६१, राष्ट्रिय शैक्षिक मेला पोखरा–२०६२, महिला उद्यमी मेला २०६८ र २०७० र २०७४ तथा राष्ट्रिय औद्योगिक व्यापार मेला २०६३ देखि निरन्तर रुपमा २०७६ र २०७९ सफलतापूर्वक सम्पन्न गरिसकेका छौ । यहाँहरुको सहयोगले यो पटकको मेला पनि त्यस्तै भव्य र सभ्य भएको हाम्रो ठम्याइ छ । मेलालाई निरन्तरता दिने उपक्रममा आउँदो मंसिर २१ गतेदेखि पौष १ गतेसम्म राष्ट्रिय आद्योगिक व्यापार मेलाको मिति तय गरिएको र सोे मेलाको तयारीसमेत सुरु गरिएको जानकारी गराउन गराउँछौं ।
–अन्त्यमा,मेला सफल बनाउन यहाँहरुको तर्फबाट प्राप्त सहयोगको मुक्तकण्ठले प्रशंसा गर्दै आजको पत्रकार सम्मेलनमा भएको यहाँहरुको उपस्थितिको लागि पुनः हार्दिक कृतज्ञता जाहेर गर्दछु । धन्यवाद ।

पवनकुमार प्रजापति
अध्यक्ष/संयोजक
पोखरा उद्योग वाणिज्य संघ
एवं
कार्यसम्पादन समिति
राष्ट्रिय औद्योगिक व्यापार मेला–२०७९, पोखरा
१८ श्रावण २०८०

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्