घर झगडा भइरहन्छ ? यी उपाय अपनाउनुहोस्

समाचार बिज
  • ख-
  • ख+

सबैको चाहाना हुन्छ, घरमा खुसीयाली र शान्ति होस् । तर कैयौँ पटक वास्तु दोषका कारण धेरैको यो इच्छा पुरा हुँदैन । वास्तुमा यस्ता केही उपाय बताइएको छ, जसका कारण घर झगडा, कलह लगायतका समस्या समाधान गर्न सकिन्छ ।

क) कोठामा आओस् सूर्यको प्रकाश
घर बनाउँदा वा किन्दा विशेष गरी सबै कोठामा सूर्यको प्रकाश आउने बनाउनु वा किन्नु पर्दछ । यसले घरमा नकारात्मकता रहँदैन र परिवारका सदस्यबिच प्रेम र स्नेह बढ्दछ ।

ख) ओच्छ्यानमा यी कुरा नहोस्
सुत्ने खाट, पलङ वा ओच्छ्यान कहिल्यै धातुको हुनु हुँदैन । काठको बेड नै सबैभन्दा शुभ मानिन्छ । यस अलावा पति–पत्नी सुत्ने बेडमा एकै डसना भएको हुनु पर्दछ । दुई डसना जोडेर बनाएको ओच्छ्यानमा सुते पति पत्नीबिच सम्बन्ध बिग्रने वास्तुको मान्यता छ ।

ग) पूर्व या उत्तरमा डाइनिङ रुम
डाइनिङ रुम सदैव पूर्व दिशा वा उत्तरमा हुनु पर्दछ । यदि यस्तो सम्भव नभए दक्षिण–पूर्व दिशामा पनि डाइनिङ टेबल राख्न सकिन्छ । यसले परिवारमा प्रेम बढाउने वास्तुको मान्यता छ ।

घ) पर्खाल चर्किएको हुनु हुँदैन
यदि घरको कुनै पर्खाल चर्किएको भए त्यसलाई तुरुन्तै मर्मत गर्नु पर्दछ । घरका पर्खाल चर्कँदा घरमा अशान्ति र अशुभ हुने वास्तुको मान्यता छ ।

ङ) उत्तर दिशामा तुलसीको बोट
घरमा अक्सर घर झगडा भए घरको उत्तर दिशामा तुलसीको बोट रोप्नु पर्दछ । साँझमा यसको मुनी अनिवार्य दियो बाल्नु पर्ने धार्मिक मान्यता छ । यसो गरे घर झगडा, विवाद र परिवार बिचको आपसी मनमुटाब हटेर जाने वास्तुको मान्यता छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्