लेउवा संघको महा-सचिवमा तिवारीको उमेदवारी

समाचार बिज
  • ख-
  • ख+

लेखनाथ, १३ साउन : लेखनाथ उद्योग बाणिज्य संघको आगामी भाद्र २२ र २३ मा हुने २७ औं बार्षिक साधारण सभा तथा १४ औं महाधिवेशनका लागि युवा ब्यवसायि जीवन तिवारीले महा-सचिव पदका लागि उमेदवारी दिने घोषणा गरेका छन् ।

संघको १४ औं महाधिवेशनबाट नयाँ पदाधिकारी चयन गर्ने कार्य तालिका रहेकाले उमेदवार बन्न इच्छुक ब्यवसायिहरुले सामाजिक सञ्जाल मार्फत उमेदवारी घोषणा गरिरहेको अवस्थामा संघका वर्तमान कार्य समिति सदस्य जीवन तिवारीले शनिवार पत्रकार भेटघाट मार्फत महासचिव पदका लागि आफनो उमेदवारी घोषणा गरेका हुन् ।

संघमा विगत लामो समय युवा उद्यम शिलता उप समिति हुदै बर्तमान कार्य समितिका सदस्य समेत रहेका तिवारीले आम ब्यवसायिहरुको सल्लाहा र सुझावलाई मध्यनजर राख्दै महासचिव पदमा रहेर आम ब्यवसायिहरुको  हकहितका सवालमा काम गर्ने गरि उमेदवारी प्रस्तुत गरेको बताएका छन् ।

पारिवारीक रुपमा पुर्खोउली देखि कास्कीको माझाठानाबाट ब्यवसाय सुरु गर्दै आएका तिवारीले वर्तमान आवस्थामा लेखनाथको तालचोकमा फोटो ग्राफी तथा भिडियो ग्राफी ब्यवसाय संचालन गर्दै आएका छन् ।

१० वर्ष शिक्षण पेशा हुदै विद्यालय संचालकको समेत अनुभव संगालेका तिवारीले स्नातकोत्तर सम्मको अध्यानबाट सिकेका कुरालाई ध्यानमा राख्दै संघको ऐतिहासिक गरिमालाई परिस्कृत गर्दै आम ब्यवसायिहरुको  हकहितका लागि प्रविधि मैत्री वातावरण सृजना गर्नु नै पहिलो लक्ष्य भएको बताएका छन् ।

युवाहरुले स्वदेशमा नै केहि गर्नु पर्छ भन्ने वातावरण उद्योग बाणिज्य संघले सृजना गर्नु पर्छ भन्ने मान्यता राख्दै आएका तिवारीले युवा लक्ष्यीत कार्यक्रम मार्फत साना तथा मझौला ब्यवसायिहरुको आवाज उठाउनका लागि पनि आफु महासचिव पदका लागि उपयुक्त ठानेको बताएका थिए ।

यता लेखनाथ उद्योग बाणिज्य संघको निर्वाचनका लागि केही ब्यवसायि नेताहरुले आफनो उमेदवारी घोषणा गरि सकेका छन् भने कतिपय उमेदवार पर्खेको अवस्थामा रहेकाले अहिले सम्म महासचिव पदका लागि जिवन तिवारी र वर्तमान कार्य समितिकी उपमहा सचिव जानुका अधिकारीका बिच चुनावी प्रतिस्पर्दा हुने देखिएको छ ।

संघको अध्यक्ष बन्न तयार रहेको वर्तमान बरिष्ठ उपाध्यक्ष विनोद श्रेष्ठ , पुर्व महा सचिव भरत कुमार अधिकारी , वरिष्ठ उद्धघोषक नेत्रपाणि वास्तोला , सल्लाहकार दयाराम तिवारी , पुर्व कार्य समिति सदस्य धिरज कुमार श्रेष्ठ र शैलेन्द्र मोहन भटराईले अध्यक्ष पदमा आफनो दावा प्रस्तुत गरेका छन् ।

यसैगरि बरिष्ठ उपाध्यक्षमा राजेन्द्र ओझा , प्रथम उपाध्यक्षमा गोपिचन्द्र वास्तोला र उपेन्द्रराज सुवेदी राजु को नाम चर्चामा छ भने द्धितिय उपाध्यक्षमा विक्रम कर्माचार्यको नाम आएको छ ।

यता संघको उपमहा सचिवमा भरतराज ओझा , भिमबहादुर  नेपाली काईला र रामजी पौडेलले उमेदवारी दिने घोषणा गरेका छन् भने कोषाध्यक्ष पदमा दुवै जना बर्तमान कार्य समितिका सदस्य पुष्पमणि भण्डारी र ध्रुवबावु भटराईको नामचर्चा रहेको छ ।

यसै गरि खुल्ला आठ सदस्य पदका लागि दिपक अधिकारी , घनश्याम ढुगाना , बालकृष्ण तिवारी , विरेन्द्र भुर्तेल  , राजन वडगामी , अर्जुन भण्डारी , सुर्य प्रकाश ढुगाना , सन्तोष सुवेदी , एल पी ढुगाना , झलक पौडेल , खेम गुरुङ , टिकाराम सापकोटा , राज कुमार ढकाल , भबिन पुन , रोशन अधिकारी , दयाराज भण्डारी , जनक तिवारी र असित सुवेदीले चनावी मैदानमा हुमिने निर्णय गरि सकेका छन् भने महिला सदस्यमा प्रभा पौडेल र एशोसियट सदस्यमा लेखनाथ होटल एशोसियसनका अध्यक्ष विरभद्र कडेलको नाम चर्चामा छ ।

यस पटक संघमा नविकरण भएका ब्यवसायिको सख्या एक हजार आठ सय ६६ रहेकाले सदस्य बनेका ब्यवसायिहरुले मात्र चुनावमा भाग लिन पाउने छन् । ब्यवसायि सँस्थामा राजनिती गर्न हुन्न भन्ने स्वयम ब्यवसायि नेताहरु नै राजनितीक दलको ईसारमा उमेदवारी घोषणा देखि दल गत टिम बनाएर एकले आर्कोलाई सिध्याउने सम्मका खेलले संघको गरिमालाई झन कमजोर बनाउने आम ब्यवसायिहरुको विश्लेशण रहेको छ ।

विगतका निर्वाचनहरुमा ब्यवसायी लाई भन्दा पनि राजनितीक दलका नेता तथा कार्यकर्ताहरु लाई उद्योग बाणिज्य संघको चुनाव लागे जस्तै अहिले पनि त्यो भन्दा पनि बढि राजनितीक गन्धले लेखनाथ उद्योग बाणिज्य संघलाई गाज्ने प्राय निश्चीत भएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्