मकवानपुरमा ६ अर्ब ६० करोड आन्तरिक राजस्व असुली

समाचार बिज
  • ख-
  • ख+

मकवानपुर। आन्तरिक राजस्व कार्यालय मकवानपुरले गत आर्थिक वर्ष २०७९/८० मा विभिन्न स्रोतको राजस्वतर्फ ६ अर्ब ६० करोड ८८ लाख २२ हजार रुपैयाँ राजस्व असुली गरेको छ।

कार्यालयले अन्तःशुल्कतर्फ ३ अर्ब ६६ करोड २७ लाख ७९ हजार, मूल्य अभिवृद्धि करतर्फ १ अर्ब ९ करोड ५ लाख १९ हजार र आर्यकरतर्फ १ अर्ब १० करोड ६५ लाख ४७ हजार रुपैयाँ राजस्व असुली गरिएको जनाएको छ।

यसैगरी, कार्यालयले स्वास्थ्य सेवा करतर्फ ६६ करोड ४० लाख ७५ हजार, ब्याजकरतर्फ  ६ करोड ३५ हजार, घरबाहलतर्फ स्रोतमा २ करोड ५१ लाख ६१ हजार र शिक्षाकरतर्फ ७ हजार रुपैयाँमात्र राजस्ववापत सो कार्यालयले कर असुली गरेको छ।

कार्यालयले अघिल्लो आर्थिक वर्ष २०७८/७९ को तुलनामा गत आर्थिक वर्ष वार्षिक लक्ष्यभन्दा करिब ४० करोड १४ लाख ४७ हजार रुपैयाँ थप रकम आम्दानी गरिएको आन्तरिक राजस्व कार्यालयका कर अधिकृत अवधेशकुमार यादवले जानकारी दिए।

कार्यालयले अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा ६ अर्ब २७ करोड ७४ लाख १४ हजार रुपैयाँ कूल राजस्व असुली गरेको थियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्