
गैर-आबासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद क्यानडाको आसन्न चुनाव २०२३- २०२५ का लागी अध्यक्ष पदको
उम्मेदवारीको लागि माधब दुलाल उम्मेदवारिमा छन्।
उनले आफ्नो फेसबुक मार्फ़त बिभिन्न योजना हरु प्रकाशित गरेका छन्।
१.नेपालको संविधानले दिने भनियको एन आर एन नागरिकता कार्यान्वयन,
२.क्यानडाका विभिन्न सहरहरुमा अधिकार संम्पन्न अवैतनिक राजदुत नियुक्त गर्न पहल (यसले नेपाल संग समन्धित कागजी कामका लागी ओटवा धाउनु पर्ने वाध्यता को अन्त्य गर्दछ),
३नेपालमा रहेका हाम्रा संम्पती अधिकार, नेपालीहरुको मुख्य मुख्य वस्ती भयका शहरहरुमा प्रोभेन्सियल र फेडरल फ़ंडिंग मार्फत नेपाली सांस्कृतिक/समुदायिक भवन निर्माण,
४.क्यानडाका सवै प्रोभेन्समा प्रोभेन्सियल कमिटी गठन (संमन्धित प्रोभेन्समा रहेका सवै स्थानिय संम्थावाट एक एक जना प्रतिनिधि यस प्रोभेन्सियल कमिटीका सदस्य हुनेछन), सामुदायिक हितका लागी सामूहिक लगानीको विकास, सिटीमा न्यु कमर सपोर्ट टिम, हरेक प्रोभेन्समा प्रोफेसनल नेटवर्क टिम।
” विगतका गल्ती कमजोरी वाट शिक्षा लिदै नेपाल र प्रवास लाई जोडने पुलरुपी यस साझा संम्थालाई तपाईंहरु सवैको साथ, सहयोग र रचनात्मक सुझाव लिदै हाम्रो र राम्रो संम्था वनाउन दिलो ज्यान दियर लाग्ने ” उनले बताए।
अमुल्य मत र रचनात्मक सुझाव दिई सहयोग गरिदिनुहुन हार्दिक अनुरोध समेत गरेका छन्।
क्यानाडामा बसेर लामो समय योगदान दिदै आएका दुलाल एनआरए क्यानाडाका उपाध्यक्ष समेत भएर काम गरिसकेका दूलाल अब अध्य्यक्ष भएर नेपालीहरुको सेवा गर्ने उनको चाहना रहेको उनले बताए।
एनआरएनए क्यानडाको यही जुलाई ३० मा हुने निर्वाचनमा नयाँ नेतृत्वका लागि अध्यक्षमा ४ जना सहित ५८ जनाको उम्मेदवारी परेको छ ।
एनआरएनए क्यानडाको १६औं वार्षिक साधारण सभा यही जुलाई २९ तारेख शनिबार स्कारब्रोमा हुँदै छ भने नेतृत्व चयनका लागि निर्वाचन जुलाई ३० तारेख आइतबार हुदै छ ।