कामना सेवा विकास बैंकद्वारा सेनिटरी प्याड भेन्डिङ्ग मेसिन जडान

समाचार बिज
  • ख-
  • ख+

काठमाडाैं, ७ असार। ज्ञानेश्वर काठमाडाैंमा केन्द्रीय कार्यालय रहेकाे कामना सेवा विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सरसफाईको आवश्यकतालाई मध्यनगर गर्दै तथा जनस्वास्थ्यको प्रवर्धन गर्न आफ्ना महिला कर्मचारी र ग्राहकहरुका लागी आफ्ना विभिन्न कार्यालयहरुमा सेनिटरी प्याड भेन्डिङ्ग मेसिन जडान गरेको छ ।

बैंकले दिगो विकासको लक्ष्य अन्तर्गत केन्द्रीय कार्यालय सहित विभिन्न शाखा कार्यालयहरुमा समेत भेन्डिङ्ग मेसिन जडान गरेको हो । उक्त मेसिन जडान पश्चात बैंकका महिला कर्मचारीहरु तथा ग्राहकहरुले महिनावारीको वेला सेनिटरी प्याड सहजै प्राप्त गर्न र प्रयोग गर्न सकिने बताइएको छ ।

आफ्ना कार्यालयहरुलाई लैङ्गिकमैत्री वनाउने योजना अनुरुप महिला कर्मचारीहरु त्था ग्राहक महानुभावहरुको स्वास्थ्य सहजताको लागि उक्त मसिनहरु जडान गरिएको बैकले जनाएको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले यसअघि पनि जनस्वास्थ्यको प्रवर्धन गर्न देशका विभिन्न स्थानहरुमा निःशुल्क स्वास्थ्य शिविर, रक्तदान लगायतका कार्यक्रमहरु संचालन तथा त्यस्ता कार्यक्रमहरूमा बैकबाट सहयाेग गर्दै आएकाे बताएकाे छ ।

बैंकले आगामी दिनहरुमा समेत सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका सामाजिक कार्यहरुलाई निरन्तरता दिदै जाने जनाएकाे छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्