पाेखरामा ३३ मा एईई उत्तिर्णलाई बधाई तथा सम्मान

समाचार बिज
  • ख-
  • ख+

पाेखरा महानगरपालिका वडा नं ३३ ले वडा भित्रवाट एईई उत्तीर्ण भएका विद्यार्थीहरुलाई बधाई तथा सम्मान गरेकाे छ । वडा क्षेत्र भित्र निजि तथा सामुदायिक विद्यालयहरु चण्डी मावि, शान्ति उदय मावि, शिशुकल्याण मावि, सरस्वती टीका मावि, मर्निण ग्लाेरी एकेडेमी, वागमारा एकेडेमि, चरगादि वाेर्डिङ स्कुल गरि करिव ३०० जनाले एसईई पास।गरेका थिए ।

कार्यक्रममा वाेल्दै वडा अध्यक्ष रामचन्द्र अधिकारीले पढेकाे शिक्षालाई व्यवहारमा लागू गर्दै आगामी दिनकाे उज्वल भविष्यकाे कामना गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य वडा सदस्य विनाेद बाबू भण्डारीले गर्नुका साथै सञ्चालन वडा सचिव युवराज पाैडेलले गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्