फोटोपत्रकार राम गुरुड.लाई रामलाल श्रीमाया राष्ट्रिय फोटोग्राफी पुरस्कार

समाचार बिज
  • ख-
  • ख+

२ साउन,पोखरा

पोखरा फोटोग्राफर संघद्धारा सञ्चालित छैठौ रामलाल श्रीमाया राष्ट्रिय फोटोग्राफी पुरस्कार यस वर्ष पोखराका चर्चित फोटोपत्रकार राम गुरुङले पाउने भएका छन । पोखरा फोटोग्राफर संघको आज भएको ४२ औ वार्षिक उत्सवको अवसरमा पुरस्कृत ब्यक्तित्वको नाम घोषणा भएको हो । पोखरा फोटोग्राफर संघका संरक्षक तथा पूर्व अध्यक्ष गणेश छवी र उहाको धर्मपत्नी तिर्थ श्रेष्ठले आफ्ना स्वर्गिय पिता माताको नाममा स्थापना गर्नुभएको यस पुरस्कार फोटोग्राफीको माध्यमबाट समाजमा उल्लेखनिय भूमिका खेल्ने बरिष्ठ फोटोग्राफरहरुलाई प्रदान गरिदै आएको छ । प्रत्येक २ वर्षमा प्रदान गरिने यो पुरस्कार रकम रु २५,५५५ र सन्मानपत्र रहेको छ भने यसलाई बिश्व फोटोग्राफी दिवस अगस्ट १९ को अवसर पारेर बितरण गर्ने गरिन्छ । यो वर्ष पनि आगामी भाद्र २ गते एक कार्यक्रमका बिच यो पुरस्कार बितरण गरिने भएको छ । यस अगाडी यो पुरस्कारबाट पोखराका बरिष्ठ फोटोग्राफर बिश्वरत्न शाक्य, नारायण बाटाजू, रमा राना, मदन सुब्बा र दमौलीका कुमार मोहन श्रेष्ठ सन्मानित भैसकेको छन ।

यस वर्षको छैठौ रामलाल श्रीमाया राष्ट्रिय फोटोग्राफी पुरस्कार २०८० को पुरस्कार छनोट समीतिको ७ सदस्यमा घनस्याम पाौडेल संयोजक थिए । यस्तै सदस्यहरुमा दुर्गा प्रसाद पौडेल फोटोपत्रकार कास्की अध्यक्ष, रामचन्द्र पोख्रेल पोखरा फोटोग्राफर संघ अध्यक्ष, देवानन्द पोख्रेल, सन्देश उदास, टिकाराम पराजुली र अक्षयकोषदाताको तर्फबाट तिर्थ श्रेष्ठ थिए ।
आगामी भाद्र २ गते पुरस्कृत हुन गइरहेका ब्यक्तित्व राम गुरुङ  बिगत २४ वर्ष देखी पोखरा क्षेत्रमा फोटोपत्रकारिता र अझ पोखरा सिटी डटकम मिडिया सञ्चालन गर्दै आएका छन । उनले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा बिभिन्न फोटोग्राफी तथा फोटोपत्रकारिताका पुरस्कार प्राप्त गरिसकेका छन । पोखराका बिभिन्न मिडियामा फोटोपत्रकारको रुपमा कार्यरत राम गुरुड.ले सहारा खेलकुद पत्रकारिता पुरस्कार २०६७, राष्ट्रिय फोटोपत्रकार अवार्ड २०७३, तमु पत्रकारिता प्रोत्साहन पुरस्कार २०७४, आदीबासी जनजाती महासंघ स्वतन्त्र फोटोपत्रकारिता अवार्ड २०७४, नेपाल भूतपूर्व खेलाडी मञ्च पत्रकारिता पुरस्कार २०७८, गजेन्द्र भण्डारी स्मृती पुरस्कार २०७७ आदीबाट सन्मानित भैसकेका ब्यक्तित्व हुन । उनले अन्य दजर्नौै संघसंस्थाबाट सन्मानित भैसकेका छन । राम गुरुड. एक फोटोपत्रकार तथा कुशल फोटोग्राफरको हैसियतले यस्तै दजनौै संघसंस्थामा फोटोपत्रकारिताबारे प्रशिक्षण दिनुको साथै बिभिन्न बिधामा फोटो गरेर फोटोग्राफी क्षेत्रको अतुलनिय बिकासमा दत्तचित्त ब्यक्तित्व हुन ।
पोखराको फोटोग्राफी इतिहासमा बिसं २०१७ देखी फोटोग्राफी ब्यावसायको शुरुवात भएको पाइन्छ । सौखिन फोटोग्राफर तथा घुमन्ते देशी बिदेशी फोटोग्राफरहरुले पोखरा आएर फोटो खिचेर लैजाने क्रम त पहिले बाट नै थियो । तर ब्यावसाहिकताको शुरुवात पृथ्वीनारायण कलेज सगसगै बिसं २०१७ बाट भएको थियो । पछी बिस्तार भएका फोटोग्राफर र तिनको फोटो यावसायलाई प्रतिनिधित्व हुने गरी बिसं २०३९ श्रावण २ आजकै दिन तत्कालिन अवस्थाका पोखराको फोटोग्राफर ब्यावसायीहरु मिलेर अनऔपचारिक रुपमा पोखरा फेटोग्राफर एशोशियशन नामको संस्थाको स्थापना गरेका थिए । यसै संस्थालाई बहुदलिय ब्यावस्था आगमन सगै फोटोग्राफी पेशाको हक हित र एकताको मूल उदेश्य राखी बिसं २०४७ मा जिल्ला प्रशासन कार्यालय कास्कमा बिधिवत दर्ता भएको थियो ।
त्यही संस्थाले आज श्रावण २ गते ४२औ वर्षगाठ मनाएको हो । सोही अवसरमा मंगलबार बिहान मानवअधिकार चोक , पोखरामा रक्त्तदान कार्यक्रम भएको थियो । पोखरेली फोटोग्राफर तथा उनीहरुको पहलमा भएको रक्तदानमा ६० युनीट रगत संकलन भएको थियो । पोखरा उद्योग वाणिञ्य संघको अध्यक्ष पवन प्रजापतीको प्रमुख आतिथ्यतामा भएको रक्तदान कार्यक्रममा कैलाश बचत तथा ऋण सहकारीले सहयोग गरेको थियो । यसै गरी फोटोग्राफर संघ गण्डकीका अध्यक्ष तथा कैलाश सहकारीका प्रतिनिधी बिशिष्ठ अतिथी रहेको सो कार्यक्रममा कैलाश सहकारीको तर्फबाट ब्यानर, फ्रेम सहितको रक्तदानको प्रमाणपत्र प्रदान गरेको थियो । कैलाश बचत तथा ऋण सहकारी संस्था लि नै पोखरा फोटोग्राफर संघमा आवद्ध सदस्यहरुको पहलमा खडा भएको बित्तिय संस्था हो र सहकारीले १२ वर्ष देखीआफ्नै फोटो कलर ल्याव एवं फ्रेम उद्योग सञ्चालन गदैै आएको छ । उक्त रक्तदान कार्यक्रममा रिता पौडेलको संयोजकत्वमा बनेको पोखरा फोटोग्राफर संघको महिला उपसमीतिले ब्यावस्थापनमा सहयोग गरेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्