गैर आवासीय नेपाली संघ कतारका उम्मेदवार पदम गिरीले गरे अपिल

समाचार बिज
  • ख-
  • ख+

गैरआवासीय नेपालि संघ, राष्ट्रिय समन्वय परिषद कतारको २०२३ – २०२५ कार्यकालको लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा साथै हार्दिक अपिल:
आदरणीय पंजीकृत सदस्यज्यूहरु, गैरआवासीय अभियान्ता ज्यूहरु, कतारमा स्थापित नेपालि संघसंस्थाका प्रमुख तथा प्रतिनिधिज्यूहरु एबम बुद्धिजीवी तथा सामाजिक अभियान्ता ज्यूहरु सबैमा हार्दिक नमस्कार!
म पदम गिरी, बिगत १४ वर्ष देखि कतारमा श्रम गर्दै आईरहेको र शुरुका दिन देखिनै गैरआवासीय नेपालि संघको अभियानमा विभिन्न पद र पद बाहिर रहेर कार्यरत रहेको यहाँहरु सबैमा अबगतनै छ । मलाई गैरआवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद कतारको २०१९-२०२१ र २०२१- २०२३ दुई कार्यकालका लागि यहाँहरुले दिनुभएको महासचिब पदको जिम्मेवारी संगै सहयोग र सद्धभावका लागि हार्दिक आभार प्रकट गर्दछु ।
बिगतमा एनसीसी द्वारा घोषित कार्यक्रमहरुमा बाकि रहेका कामहरुको निरन्तरता साथै तल उल्लेखित कामहरु गर्ने प्रतिबद्धता यहाँहरु माझ ब्यक्त गर्दै अध्यक्ष पदमा उम्मेद्ववारी घोषणा गरेको सहर्ष जानकारी गराउदछु साथै यहाँहरुको साथ, सहयोग र समर्थनको लागि हार्दिक अपिल गर्दछु ।
१. एनसीसी कतारको हरेक गतिबिधीहरुलाई श्रमिक मजदुरहरुको पक्षमा अधिकतम श्रममैत्री बनाउन कोसिस गरेको र अझ सशक्त र प्रभाबकारी बनाईने छ ।
२. विगतका वर्षहरुदेखि नै घोषित नेपाली सांस्कृतिक केन्द्र स्थापना गर्ने कार्यका लागि पहल भैरहेको र उक्त कार्य सम्पन्न गर्नका लागि यथासम्भब प्रयास गरिनेछ ।
३, नेपालीहरु कतार आउदा कतारको भाषा, धर्म, सस्कृति र भौगलिक अवस्थाका वारेमा त्यति जानकारी नहुदा समस्यामा पर्ने हुदा सोको न्युनिकरणका लागि चेतनमुलक कार्यक्रमको आयोजना गरिनेछ ।
४. नेपालमा पर्यटन प्रबर्द्धनका लागि अधिकतम पहल गरीरहेको र आगामी दिनहरुमा अझ प्रभावकारी र परिणममुखी वनाउनका लागि पहल गरिनेछ ।
५. विगतमा जस्तै नेपाली नियोगसंग सहकार्य गर्दै नेपाली समुदायमा आइपरेका समस्याहरु र नेपाली श्रमिकहरुको हकहित तथा समस्या समाधानका लागि अधिकतम पहल गरिनेछ ।
६. कतार सरकारको सम्वन्धित निकाय, नेपालि नियोग र कतारमा स्थापित संघसंस्थाहरु संगको सहकार्यमा विगतमा जस्तै नेपाली श्रमिकहरुका लागि चेतनामुलक कार्यक्रमहरु अझ प्रभाबकारी र ससक्त रुपमा संचालन गरिनेछ ।
७, एनसीसी कतार द्वारा गरिने कार्यक्रमहरुमा कतारमा स्थापित नेपालि संघसंस्थाहरुसंग बिगतमा झैँ सहकार्य र सहभागिताका लागि थप प्रभाबकारी भूमिका निर्बाह गरिनेछ ।
८, कतारमा श्रम गरिरहेका नेपालि श्रमिकहरुलाई सामाजिक सुरक्षाका बारेमा सचेतनामुलक कार्यक्रम द्वारा आबद्धता गराउन पहल गरिनेछ ।
यहाँहरुको साथ, सहयोग र समर्थनका लागि हार्दिक अपिल सहित
पदम गिरी
पंजीकृत सदस्य नम्बर: QA0100023
२०२३- २०२५ कार्यकालका लागि अध्यक्ष पदको उम्मेदवार

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्