न्यू लाइटमा बधाई तथा सम्मान

समाचार बिज
  • ख-
  • ख+

लेखनाथ, २९ असार । न्यू लाईट बोडिङ स्कुलमा एस ई ई पूरा गरेका विद्यार्थीहरुलाई बधाई तथा सम्मान कार्यक्रम गरिएको छ ।

कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष लम्मी त्रिपाठीले एस ई ई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिएका थिए । त्रिपाठीले विद्यार्थी जीवन मानव जीवनको अत्यन्तै महत्वपूर्ण जीवन भएको बताउँदै विद्यर्थीले जुन सुकै तहमा अध्ययन गर्दा पनि आफ्नो लक्षलाई आत्मसाथ गरी अध्ययन गरेमा सोचे अनुसारको सफलता प्राप्त गर्न सकिने बताए ।

यसै गरी अभिभावक शिव सुवेदी र राजु अधिकारीले एस ई ई मा उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थीहरुलाई बधाई दिंदै विद्यालय प्रशासन, शिक्षहरु, अभिभावकहरु र विद्यार्थीहरुको संयुक्त प्रयासले विद्यार्थीले परीक्षामा राम्रो नतिजा ल्याउन सक्ने बताए । आगामी दिनमा यस्तै सफलताको शुभमाना व्यक्त गरे ।

विद्यालयका प्रधानाध्यापक बुद्धि प्रसाद बास्तोलाले विद्यार्थीहरुको रुची र चाहना अनुसार विभिन्न आधुनिक प्रवृधिहरुको प्रयोग गरी अध्यापन कुनै कसुर बाँकी नराखेको बताए । प्रधानाध्यापक बास्तोलाले यस विद्यालयले एस ई ई र कक्षा १२ को बोर्ड परीक्षामा पनि उत्कृष्ट नतीजा ल्याउन सफल भएको बताउँदै सम्पूर्ण विद्यार्थीहरु, अभिभावक, शिक्षकहरु लगायत सम्पूर्ण सरोकारवालाहरु बधाई दिएका थिए ।

विद्यालयका निर्देशक नविन कुमार देवानको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा शैक्षिक प्रमुख अरुण चन्द्र सुवेदीले विद्यार्थीहरुको सर्वाङ्गीणी विकासका लागि कक्षा कोठामा शिक्षण सिकाईका अलवा विभिन्न अतिरिक्त क्रियाकलाप गरिंदै आएको बताउँदै कक्षा ११ को व्यवस्थापन समूहमा नयाँ भर्ना खुलेको पनि सो अवसरमा जानकारी दिएका थिए भने विद्यार्थी विभुषण ताम्रकारले शिक्षकहरुको शिक्षण सिकाई, अभिभावकहरुले दिएको वातावरण र विद्यार्थीहरुको मिहेतका कारणबाट नै विद्यार्थीहरुले परीक्षामा सफलता प्राप्त गर्न सक्ने बताए ।
२०४८ सालमा स्थापना भएको विद्यालयमा कक्षा नर्सरी देखि कक्षा १२ सम्म पढाई हुँदै आएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्