सीता दाहालप्रति श्रद्धाञ्जली अर्पण गर्न बालुवाटार पुगे विप्लव

समाचार बिज
  • ख-
  • ख+

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले बालुवाटार पुगेर सीता दाहालप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

सो क्रममा विप्लवले पत्नी वियोगमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तथा छोरीहरु रेणु र गङ्गा दाहालप्रति समवेदना प्रकट गरेका थिए ।

नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड लगायत स्थायी समितिका सदस्यहरूको उपस्थिति रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्